द सिनेमा टाइम्स, काठमाडौं – सुपरस्टार अभिनेता अनमोल केसी अभिनीत सिनेमा ‘क्याप्टेन’को सिनेमा घरमा दबदवा कायम रहेकै बेला यो शुक्रबाट सिनेमा घरमा दुई सिनेमाले आफ्नो प्रदर्शनको सुरुवात गरेका छन् । शुत्रलबारबाट हरमा मौलिक सिनेमा बनाउन माहिर निर्देशकाको रुपमा चिनिने मनोज पण्डित निर्देशीत ‘खाग’ र ‘अदालत’ रिलिज भएका हुन् । यि दुवै सिनेमा विना प्रचार प्रसार हलमा रिलिज भएका छन् । यसैले पनि दोस्रो सातामा पनि ‘क्याप्टेन’मा बक्सअफिसमा अत्याधिक हल मिलेका छन् ।
मनोज पण्डित निर्देशीत सिनेमा ‘खाग’ले मल्टीपेलेक्स र देखि सिंगल हलमा पनि केही मात्रमा शो पाएता पनि ‘अदातल’ भने देशभरका केही सिंगल हलमा मात्रै रिलिज भएको छ । जसको प्रत्यक्ष फाइदा गत साता रिलिज भएको सिनेमा ‘क्याप्टेन’ले उठाएको छ । यो हप्ता ठुला सिनेमा रिलिज नभएकाले पनि ‘क्याप्टेन’ले बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान वितरक तथा हल सञ्चालकको मान वितरक तथा हल सञ्चालकको छ ।
कमलजंग कुँवर लिखित ’गैंडालाई चार वर्ष’ पुस्तकमाथि निर्माण भएको सिनेमामा प्रविण खतिवडा मुख्य भूमिकामा छन् । उनी सिनेमामा लेखक कुँवरको भूमिकामा छन् । निर्देशक पण्डित, पुस्कर गुरुङ, अशान्त शर्माको पनि सिनेमामा मुख्य भुमिका रहेको छ ।

समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दा जस्ता आपराधिक एवं संवेदनशील घटनाहरुलाई मुख्य विषय बनाएको सिनेमालाई दिनेश लिङदेले निर्देशन गरेका हुन् । सिनेमामा एलिना बाँस्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, बिन्दा थिङ, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमीरे, बिन्दा थिङ, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडका आदिको मुख्य भुमिका रहेको छ ।


प्रतिक्रिया