उपराष्ट्रपतीले हेरे अनमोलको ‘क्याप्टेन’

उपराष्ट्रपतीले हेरे अनमोलको ‘क्याप्टेन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दोस्रो सातामा सफलताका साथ प्रदर्शन भैरहेको सिनेमा ‘क्याप्टेन’को सोमबार दोस्रो पटक विशेष शोको आयोजना गरिएको थियो । उक्त शोमा फुटवलरको कथामा निर्माण भएको सिनेमा ‘क्याप्टेन’ उपराष्ट्रपति नन्द किशोर पुन पासाङ्गले हेरेका छन् । सिनेमा हेरेर निस्किएसँगै उपराष्ट्रपतीले ‘क्याप्टेन’ले उठान गरेको विषयवस्तुको तारिफ गरेका हुन् । ‘मैले सिनेमा हेरे यो हाम्रो कथा हो त्यसैले मलाइ सिनेमा निकै मन पर्यो’ उपराष्ट्रपति पासाङ्गले भने ‘सिनेमाले सम्पुर्ण नेपालीलाई एकतामा बाध्ने प्रयास पनि गरेको छ, खेलमा रुचि राख्नेका लागि सिनेमा झन् विशेष छ ।’

बेलाबखतमा आयोजना हुने विशेष शोमा सिनेमा हेर्न आइपुग्ने पासाङ्गले भुवन केसी, शिव श्रेष्ठ, राजेश हमालको सिनेमा पहिला देखि नै हेर्दा आएको र आफ्नो लागि तिनै जना सुपरस्टार रहेको समेत बताए । यस्तै बिशेष शोमा हेर्न पुगेका नेपाली सिनेमाका ठुल्दाई शिव श्रेष्ठले पनि क्याप्टेन राम्रो बनेको भन्दै अनमोल केसी र भुवन केसीको मेहनतको प्रसंसा गरे । ‘सिनेमा राम्रो बनेको छ, फुटबलको माध्यमबाट खेलाडीको कथा भनिएको छ’ उनले मिडियालाई प्रतिक्रिया दिदै भने ‘सिनेमाले राष्ट्रियता र फुटवलसंग हामीलाई जोड्छ ।’

शिव श्रेष्ठले झैँ हाँस्य कलाकार तथा निर्माता किरण केसीले पनि क्याप्टेन एउटा राम्रो सिनेम ाबनेको बताए । सिनेमालाई मेकर र समिक्षकको नजरले होइन दर्शकको आँखाबाट हेर्दा उत्कृष्ट लाग्ने बताए । ‘सिनेमामा चाहिने सबै कुरा छ तर प्राविधिक हिसाबले भने निर्माण टिम कहिँ कतै चुकेको छ’ उनले भने ‘अनमोल अझै परिपक्क हुँदै गएका छन् , बधाई छ टिम क्याप्टेनलाई ।’ यसैगरी गायिका अन्जु पन्तले पनि सिनेमा उत्कृष्ट बनेको बताइन ।

सुपर काजल फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमालाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । सदावहार अभिनेता भुवन केसीको लगानीमा निर्माण भएको सिनेमाकी कार्यकारी निर्माता जिया केसी हुन् । क्याप्टेनमा पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । सिनेमामा अनमोल केसी, उपासना सिंह ठकुरी र प्रियंका एमभीका अलवा प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

सिनेमामा सामिप्यराज तिमिल्सेनाको कथा, निर्देशक दीवाकर भट्टराईको पटकथा तथा संवाद, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डिओपी, दिर्घ राज खड्काको सम्पादनमा रहेको छ ।