बैशाख २७ गते रिलिज हुने भयो ‘जात्रै जात्रा’

बैशाख २७ गते रिलिज हुने भयो ‘जात्रै जात्रा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदीप भट्टराईको सफल डेव्यु सिनेमा ‘जात्रा’को सिक्वेलको छायांकन हाल अन्तिम चरणमा चलिरहेको छ । यही सफल सिनेमा ‘जात्रा’को सिक्वेलको रुपमा बनेको ‘जात्रै जात्रा’ चलचित्रले आफ्नो प्रदर्शन मिति फाइनल गरेको छ । सिनेमाका प्रस्तुतकर्ता रविन्द्र सिंह बाँनियाका अनुसार, अब यो चलचित्र वि.सं २०७६ साल वैशाख २७ गतेबाट रिलिज हुनेछ । पहिले यो सिनेमाको प्रदर्शन मिती फागुन १७ गतेलाई तोकिएको थियो ।

सिनेमाका मुख्य कलाकार विपिन कार्की बाइक दुर्घटनामा परेर खुट्टा भाँचिएपछि सिनेमाको छायांकन रोकिएको थियो । अहिले विपिन पुर्ण रुपमा सञ्चो भएर छायांकन सुरु गरे पश्चात सिनेमा निर्माण सिनेमाको नयाँ रिलिन मिती तय गरेको हो यो सिनेमाको केही दिनमा गीत सार्वजनिक गर्ने तयारीस निर्माण टिमले गरेका छ । उक्त गीतमा सिनेमाकी मुख्य कलाकार वर्षा राउत, करिष्मा मानन्धर, निश्चल बस्नेत, सारा सिर्पाली लगायतका कलाकारले नृत्य गरेका छन् । ‘जात्रा’को रिलिज मिती पक्का भएसँगै बैशाख महिनामा आशा गरिएका दुई सिनेमा ‘दाल भात तरकारी’ र ‘जात्रै जात्रा’ रिलिज हुने भएका छन् ।

यादव पौडेल र सिंगे लामाको लगानी रहेको सिनेमामा विपिन कार्की, बर्षा राउत, रविन्द्र झा र रविनद्र सिंह बाँनियाको मुख्य भूमिका रहेको छ । भने सिनेमा ‘जात्रै जात्रा’मा नायक दयाहाङ राइलाई नेगेटिभ रोल अर्थात भिलेको अवतारमा देख्न पाइने छ । जसको संकेत केही समय पहिले सार्वजनिक गरिएको सिनेमाको टिजर ले गरेको थियो । ‘जात्रै जात्रा’लाई पनि निर्देशक प्रदीप भट्टराईले नै निर्देशन गरेका छन् ।