anmol jasita

‘दि म्यान फ्रम काठमाडौं’लाई मल्टीपेलेक्समा उच्च शो, गर्ला त बम्पर सुरुवात ?

‘दि म्यान फ्रम काठमाडौं’लाई मल्टीपेलेक्समा उच्च शो, गर्ला त बम्पर सुरुवात ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समय नेपाली सिनेमाले बक्सअफिसमा राम्रो कमाई गर्न सकेको छैन् । यो वर्ष ‘छक्का पञ्जा ३’, ‘जय भोले’, ‘नाई नभन्नू ल ५’, ले मात्रै नाफा कमाउन सकेका थिए । भने यो वर्ष प्रदर्शनमा आएका ७ दर्जन बढी सिनेमा मध्ये ‘राम कहानी’, ‘इन्टु मिन्टु लण्डनमा’, ‘चंगा चेट’ र ‘प्रसाद’ले निर्माताको लगानी उठाउन सके । अहिले दोस्रो सातामा प्रदर्शनरत सिनेमा ‘क्याप्टेन’ले पनि बक्सअफिसमा निर्मातालाई राम्रो सिनेमा बन्ने सिनेमाकर्मीको बुझाई छ ।

यस्तै आगामी चैत्र १ गतेबाट तीन सिनेमा प्रदर्शन हुँदैछन् । ती हुन् ‘द म्यान फ्रम काठमाडौं’, ‘जानी नजानी’ र ‘पुरानो बुलेट’ । शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको तीन सिनेमा मध्ये ‘दि म्यान फ्रम काठमाडौं’ अरु दुई सिनेमाभन्दा विशेष छ । यो सिनेमाको बजेट मात्रै करिब पाँच करोड बढी छ । त्यसैले पनि यो सिनेमा अन्य दुई सिनेमा भन्दा विशेष छ । अब यो सिनेमाले नेपाली बक्सअफिसमा कस्तो व्यापार गर्ला भन्ने चर्चा अहिले निकै भैरहेको छ ।

यस्तैमा यो सिनेमा रिलिजको करिब दुई दिन मात्रै बाँकी रहदा देशकै ठुलो मल्टीपेलेक्स चेन क्युएफएक्स सिनेमाज्ले ‘दि म्यान फ्रम काठमाडौं’लाई सार्वधिक २० शो उपलब्ध गराएको छ । भने यो सिनेमासँगै रिलिज हुने अन्य दुई सिनेमाले निकै न्युन शो पाएका छन् । ‘पुरानो बुलेट’ले क्युएफएक्समा दोब्बर कम पाँच शो पाएको छ । भने यस्तै अर्को सिनेमा ‘जानी नजानी’ले मात्रै २ शो पाएको छ । यसैले पनि ‘द म्यान फ्रम काठमाडौं’ले शो अनुसारको व्यापार गर्ला की नगर्ला भन्ने चर्चा नेपाली सिनेमा बजारमा सुरु भएको छ ।

‘द म्यान फ्रम काठमाडौं’ले सर्वाधिक शो पाउनुमा नकिम उद्दिनको हात रहेको चर्चा छ । नकिम उद्दिनले आफ्नै लगानीमा निर्माण गरेकाले पनि सिनेमाले उच्च शो पाएको चर्चा छ । नकिम आफै क्युएफएक्स सिनेमाज्का मालिक हुन् । यो सिनेमालाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् ।
‘द म्यान फ्रम काठमाडौं’ नेपालमा पहिलो पटक अंग्रेजी र नेपाली दुवै भाषमा निर्माण भएको सिनेमा हो । सिनेमामा जोसे मानुइल र अभिनेत्री आना शमार्, चर्चित भारतिय कलाकार गुल्सन ग्रोबर पाकिस्तानी कलाकार हमिद शेखसँगै नेपाली कलाकार नीर शाह, कर्मा शाक्य, मिथिला शर्मा, शिशिर बाङ्देल, सुनिता ठाकुर, परमिता आर एल राना अभिनयमा छन् ।

‘दि म्यान फ्रम काठमाडौं’लाई कार्लोस मेडिनाले खिचेका हुन् । नेपालसँगै हलिउड, बलिउड र पाकिस्तानी कलाकारको समिश्रण रहेको सिनेमालाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् । योसँगै ‘दि म्यान फ्रम काठमाडौं’को नयाँ एक्सन ट्रेलर पनि सार्वजनिक गरिएको थियो । सिनेमाको यसअघि सार्वजनिक ट्रेलरले दर्शक तथा सिनेमाकर्मीबाट राम्रो प्रतिक्रिया पाएको थियो ।