anmol jasita

जितु र रेनेशालाई ‘वर्ष व्यक्ति सम्मान’, बिष्णुलाई पुरस्कार

जितु र रेनेशालाई ‘वर्ष व्यक्ति सम्मान’, बिष्णुलाई पुरस्कार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फिल्मी खबर साप्ताहिक विगत १० वर्ष देखी नियमित रुपमा प्रकाशित हुदै आएको छ । यही पत्रिकाले हरेक वर्ष एक पुरुष सिनेमाकर्मी एक महिला सिनेमाकर्मीलाई वर्ष व्यक्ति घोषणा गरी सम्मान अपर्ण गर्दै आएको छ । यसैको निरन्तरता स्वरुप यस वर्ष पनि फिल्मी खबर साप्ताहिकले उक्त पुरस्कार सहित यो वर्षका लागि बर्ष व्यक्ति पनि घोषणा गरेको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि वर्ष व्यक्ति पुरुष र वर्ष व्यक्ति महिला गरि दुई जनालाई उक्त सम्मान अर्पण गर्न लागेको जनाइएको छ । यस वर्षका लागि वर्ष व्यक्तिका रुपमा पुरुष तर्फ कलाकार जीतु नेपाल र महिला तर्फ रेनेशा वान्तवा राईलाई चयन गरेका छ ।

जितु नेपालले यस वर्ष अत्याधिक सफल सिनेमा ‘छक्का पञ्जा ३’ निर्माण, स्कृप्ट लेखन तथा अभिनय गरेका थिए भने यसै वर्ष नेपाल टेलिभिजनमा रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लव’ सञ्चालन गरी चर्चामा रहेका छन् । साथै नेपालले यस वर्ष राष्ट्रिय तथा अन्र्तरराष्ट्रिय रुपमा आधा दर्शन भन्दा बढी देशमा स्ट्याण्डअप कमेडी शामा प्रस्तुती दीएका छन् । त्यस्तै कोरियोग्राफरको रुपमा नेपाली सिनेमा क्षेत्रमा भित्रिएकी रेनेशा वान्तवा राई अहिले निर्देशक बनिसकेकी छन् । उनको डेव्यु निर्देशन रहेको सिनेमा इन्टु मिन्टु लण्डनमाले यो वर्ष बक्सअफिसमा राम्रो व्यापार गरेका थियो । यी दुई वर्ष व्यक्तिलाई सम्मानपत्र तथा ट्रफिका साथ सम्मान गरीने छ ।

यस्तै फिल्मीखबर साप्ताहिकले बरिष्ठ रंग पत्रकार स्वर्गिय सविन शाक्यको स्मृतिमा स्थापना गरेको ‘फिल्मीखबर सविन स्मृति रंग पत्रकारिता पुरस्कार’बाट पहिलोपटक रंग पत्रकार बिष्णु सुवेदी पुरस्कृत हुन लागेका छन् । फिल्मी खबर साप्ताहिकका सम्पादक शान्तिप्रियका अनुसार सुबेदीलाई प्रमाणपत्र, ट्रफि एवंम नगद १००१०।– (रु. दश हजार दश) राशी रकम सहित पुरस्कार प्रदान गरीने छ ।

नेपाली रंग पत्रकारिताको इतिहाँसमा आजसम्म प्रकाशित कुनै पनि पत्रिका दशसम्म सञ्चालमा आएका छैनन् । तर अपवाद फिल्मी खबरले नेपाली रंग पत्रकारिता इतिहासंमा १० औं वर्ष मनाउने पहिलो साप्तहिक पत्रिका भएको छ । रंग पत्रकारिताको क्षेत्रमा प्रकाशित कुनै पनि साप्ताहिक पत्रिकाले १० औं वर्ष मनाउने अवसर पाएका थिएनन् । यस किसिमको अवसर पाउनुलाई फिल्मीखबर साप्ताहिकका सम्पादक शान्तिप्रियले खुशी प्रकट गरेका छन् । प्रविशा प्रकाशन प्रा. लि. बाट प्रकाशन गर्ने यस संस्थाको अध्यक्ष प्रदीप कुमार उदय, संस्थापक सम्पादक विनोद अर्याल र सम्पादकका रुपमा शान्तिप्रिय रहेका छन् । पत्रिकाले आफ्नो दशौं वार्षिकोत्सव चैत १ गते एक कार्यक्रमका विच मनाउदै छ । सोही अवसरमा बर्ष ब्यक्तिलाई सम्मान एवं पुरस्कार प्रदान गरीने सम्पादक प्रियले बताए ।