anmol jasita

प्रज्वल र शारदाको ‘अघोरी’ निर्माण घोषणा

प्रज्वल र शारदाको ‘अघोरी’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘अघोरी’ नाममा नेपाली सिनेमा निर्माण हुने भएको छ । यो सिनेमालाई यसअघि ‘झमक बहादुर’का निर्देशक भोमन कटुवालले निर्देशन गर्नेछन् । बिहीबार काठमाडौं स्थीत भद्रकाली मन्दिरमा स्क्रिप्ट पूजा गर्दै सिनेमाको शुभमुहूर्त गरिएको हो । शुभमुर्हत कार्यक्रममा सिनेमाका मुख्य कलाकार प्रज्वल गिरी, उमेश खड्का र शारदा राज्यलक्ष्मी शाहले मुहूर्त सट दिएका थिए ।

बिलभ्ड इन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा राधादेवी कटुवालले सिनेमाको निर्माण गर्न लागेकी हुन् । एक्सन लभस्टोरी जनरामा निर्माण हुने यस सिनेमाको छायांकन आगामी चैत १ गतेबाट सुरु हुने निर्देशक कटुवालले जानकारी दिए । सिनेमामा विन्दा तामाङ, सुरविर पण्डित, अनमोल कार्की, तारा शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

यसै सिनेमाबाट शारदा राज्यलक्ष्मी शाह र मुनम मल्लले डेब्यू गर्न लागेका हुन् । सिनेमामा ‘अघोरी’को चरित्र भने कलाकार प्रज्वल गिरीले निर्वाह गर्नेछन् । सिनेमाको विषयमा संक्षिप्त जानकारी दिँदै निर्देशक कटुवालले भने ‘अघोरीले पञ्चायतकालको परिवेशमा रहेर द्वन्द्वत्मक प्रेम कथा पर्दामा पेश गर्नेछ । सिनेमामा हामी ग्रामिण भेगको कथा पस्किदैछौं ।’

पवन गौतमले छायांकन गर्ने सिनेमाको सम्पुर्ण छायांकन काठमाण्डौं, मुस्ताङ, पूर्व तथा पश्चिमका केही भेगहरु र दुवईमा गरिने छ । सिनेमामा राजु किरातको द्वन्द्व निर्देशन रहनेछ । भने सिनेमाका गीतहरुमा दीपक शर्मा, ओम सुनार, सरोज कोइराला र सुमन राईको संगीत रहनेछ । आगामी छठमा रिलिज गरिने सिनेमाको बजेट झण्डै ७० लाख रहेको छ ।