anmol jasita

९ बुँदे सहमती सहित दुई निर्माता संघबीच एकिकरण

९ बुँदे सहमती सहित दुई निर्माता संघबीच एकिकरण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – राजकुमार राई अध्यक्ष हुँदा निर्माता संघमा ठुलो रकम हिनामिना भएको, बक्सअफिस लागु गर्न ढिलाई गरेको र निर्माता संघलाई निस्क्रिय पारेको भन्दै नेपाल चलचित्र निर्माता संघबाट अलग भएको नवल खड्का नेतृत्वको चलचित्र निर्माता संघ नेपालले पुन आकाश अधिकारी नेतृत्वको नेपाल चलचित्र निर्माता संघसंग एकता गरेको छ । बुधबार नौ बुँदे सहमति सहित एकीकरण भएको जानकारी नेपाल चलचित्र निर्माता संघका महासचिव रोज राणाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नवल खड्काले केही वर्षअघि आफ्नो अध्यक्षतामा चलचित्र निर्माता संघ नेपाल गठन गरेका थिए । नवलको संघले राष्ट्रिय चलचित्र नीति कार्यान्वयन, बक्स अफिसको वैज्ञानिक प्रयोग, निर्माताले हलबाट ६० प्रतिशत रकम पाउनुपर्नै लगायतका एजेन्डा राख्दै आएको थियो । नवलको संघले राख्दै आएका एजेन्डा र मागलाई सम्बोधन गर्ने गरी चलचित्र निर्माता संघले बुधबार सम्झौता गरेको हो ।

दुई निर्माता संघबीचको सहमति अनुसार नवल अध्यक्ष रहेको संघ अधिकारी अध्यक्ष रहेको संघमा समाहित भएको छ । जसअनुसार नेपाल चलचित्र निर्माता संघको चैत्र २ मा सम्पन्न हुने १५औँ वार्षिक साधारणसभा अगावै चलचित्र निर्माता संघ नेपालको दर्ता खारेजी गरिने छ ।

त्यसैगरी, नवलको संघले तोकका तीन निर्मातालाई अधिकारीको संघको विधान अनुसार कार्यसमिति सदस्य र अरू दुई निर्मातालाई संघको उपाध्यक्ष पदमा मनोनित गरिने छ । त्यसैगरी, ‘राष्ट्रिय चलचित्र नीति–०७१’ र ‘बक्स अफिस’ कार्वान्वयन गराउने प्रतिबद्धता, निर्माताले हलबाट ६० प्रतिशत सेयर पाउने वातावरण तयार पार्ने, निर्माताले तिर्दै आएको सर्भर शुल्क मिनाहा गराउन पहल गर्ने लगायत सम्झौता भएका छन् ।