anmol jasita

जेष्ठ ३ बाट १७ पुग्यो आयुष्मान र प्रियंकाको ‘प्रेम दिवस’

जेष्ठ ३ बाट १७ पुग्यो आयुष्मान र प्रियंकाको ‘प्रेम दिवस’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – योगेश घिमिरेको निर्देशनमा तयार भएको सिनेमा ‘प्रेम दिवस’ को रिलिज मिती पोष्टपोन्ड गरिएको छ । यो सिनेमा पहिले जेष्ठ ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको थियो । तर मितीमा एफडी कम्पनीकै वितरण रहने सिनेमा ‘विर विक्रम २’ आफ्नो प्रदर्शन मिती तय गरेसँगै दुवै सिनेमाका निर्माताको सहमतीमा नै ‘प्रेम दिवस’ को प्रदर्शन मिती दुई सातापछि सारिएको एफडी कम्पनीमा प्रमुख सुशिल पोखरेलले बताए । अब ‘प्रेम दिवस’ जेष्ठ १७ गतेबाट देशभरका सिनेमा घरमा रिलिज हुनेछ । दुवै आशातित सिनेमा भएकोले पनि आपसी सहमतीमा रिलिज डेट तय गरिएको पोखरेलले बताए ।

‘प्रेम दिवस’मा प्रियंका कार्की, आयुष्मान डिएस जोशी र डेब्यु ब्वाई विशाल खरेलको मुख्य भूमिका रहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको सिनेमालाई सञ्जय न्यौपानेले निर्माण गरेका हुन् । सिनेमामा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

सिनेमाको कथा एक युवतीसँग दुई युवकको प्रेमको वरिपरी घुमेको छ । सांगीतक प्रेमकथाका निर्माण भएको सिनेकाको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको सिनेमामा मानकृष्ण महर्जनको छायांका, महाराज थापा, अर्जुन पोखरेल र करण सिंह कार्कीको संगीत, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । मनिष दाहाल निर्माता रहेको सिनेमामा रमेश चौधरी र उत्सव ढकाल सह-निर्माताको रुपमा रहेका छन् ।