युट्युबमा अत्याधिक रुचाइयो अनमोल र सुहानाको केमेष्ट्री

युट्युबमा अत्याधिक रुचाइयो अनमोल र सुहानाको केमेष्ट्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसी र डेव्यु गर्ल सुहाना थापा स्टारर सिनेमा ‘ए मेरो हजुर ३’को पहिलो गीत केही समय पहिलो सामाजिक सञ्जाल युट्युवबाट सार्वजनिक गरिएको थियो । उक्त गीतले युट्युवमा सार्वजनिक भएको छोटो समयमै अत्याधिक दर्शकको साथ पाएको छ । गीतले युट्युबमा दुई घण्टा पनि नपुग्दै एक लाख बढी दर्शकको साथ पाएको हो । अहिले सम्म गीतलाई युट्युबमा दुई हजार दुई सय बढी कमेन्ट र बाह्र हजार बढी लाईक मिलेको छ ।

झरना थापाले निर्देशन गरेको सांगीतक प्रेमकथा बोल्ने सिनेमालाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यही सिनेमाबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली सिनेमा क्षेत्रमा डेव्यु गराउँदै छन् । ‘ए मेरो हजुर ३’ आगामी नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।