जन्मदिनमा नयाँ सिनेमा ‘प्रेमकहानी’को निर्माण घोषणा

जन्मदिनमा नयाँ सिनेमा ‘प्रेमकहानी’को निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फागुन १० गतेबाट रिलिज भएको सिनेमा ‘रुमालै छ चिनो’ निर्माण टिमले नयाँ सिनेमा निर्माण घोषणा गरेको छ । उक्त सिनेमाको नाम ‘प्रेमकहानी’ राखिएको छ । ‘रुमालै छ चिनो’का निर्माता चन्द्रबहादुर खड्काले निर्देशक दिनेशसिंह ठकुरीको जन्मदिनको अवसर पारेर प्रेमकहानीको घोषणा गरेका हुन् । रुमालै छ चिनोलाई पनि निर्देशक दिनेश शाही ठकुरीले नै निर्देशन गरेका थिए ।

निर्देशक दिनेशको जन्मदिनको अवसर पारेर बुधबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्माता खड्काले आफू ‘रुमालै छ चिनो’बाट पाएको प्रतिक्रियाबाट अत्यन्तै सन्तुष्ट भएकाले ‘प्रेमकहानी’ निर्माण थालेको बताए । ‘रुमालै छ चिनो’ हेरेका दर्शकले अत्यन्तै मन पराए, उहाँहरूकै हौसला र प्रेरणाले तुरुन्तै नयाँ सिनेमा निर्माण थालेको हुँ,’ निर्माता खड्काले भने, ‘रुमालै छ चिनोले लगानी उठाएर नाफा कमाइरहेको छ । म ‘प्रेमकहानी’पछि पनि लगातार सिनेमा निर्माण गरिरहने छु ।’

चन्द्र–सूर्य फिल्मस्को ब्यानरमा बन्ने ‘प्रेमकहानी’का कलाकार तथा प्राविधिकको केही दिनमै टुंगो लाग्ने छ । यस्तै यो सिनेमाको छायांकन चैत्र तेश्रो साताबाट सुरु गरिने निर्देशक दिनेश शाही ठकुरीले बताए । प्रेमकहानीलाई उत्कृष्ट बनाउन कुनैपनि कसुरी बाँकी नछोड्ने निर्माण टिमको भनाई छ ।