अनमोल र सुहानाको केमेष्ट्रीलाई प्रसंसाको ओइरो, गीतलाई २४ घण्टामा आठ लाख बढि भ्युज

अनमोल र सुहानाको केमेष्ट्रीलाई प्रसंसाको ओइरो, गीतलाई २४ घण्टामा आठ लाख बढि भ्युज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबार अभिनेता अनमोल केसी र सुहाना थापा स्टारर वर्षकै प्रतिक्षित सिनेमा ‘ए मेरो हजुर ३’को पहिलो गीत युट्युवबाट सार्वजनिक गरियो । उक्त गीतले सामाजिक सञ्जाल युट्युवमा अत्याधिक दर्शकको साथ पाएको छ । दुई घण्टा नपुग्दै एक लाख बढी भ्युज पाएको गीतले युट्युवमा २४ घण्टामा ८ लाख बढी भ्युज पाएको छ । अहिलेसम्म यो गीत युट्युबको ९ नम्बर ट्रेण्डनिङ्गमा उक्लीएको छ । गीतलाई युट्युवमा ४३ हजार लाइक्स र पाँच हजार पाँच सय बढी कमेन्ट मिलेको छ ।

जिन्दगी नै भन्दीनबोल गीतलाई युट्युवको कमेन्ट बक्समा अधिकांश दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । गीत हेर्ने अधिकांश दर्शकले सुपरस्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापाको केमेष्ट्री गजबको देखिएको भन्दै बलिउड र हलिउड सिनेमासँग ‘ए मेरो हजुर ३’को तुलना गरेका छन् । युट्युबमा रुपक विष्ट नामका एक दर्शकले नेपालको मनाङ र सोलखुम्बुका सुन्दर लोकेशनमा ‘ए मेरो हजुर ३’को गीतको छायांकन गरेर नेपालको प्रचार गरेको भन्दै निर्देशक झरना थापालाई धन्यवाद भनेका छन् । अधिकांश दर्शकले नेपाली सिनेमाले नेपालको सुन्दरताको प्रचार गर्नु पर्ने लेखेका छन् ।

झरना थापाले निर्देशन गरेको सांगीतक प्रेमकथा बोल्ने सिनेमालाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यही सिनेमाबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली सिनेमा क्षेत्रमा डेव्यु गराउँदै छन् । ‘ए मेरो हजुर ३’ आगामी नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।