‘शुभलभ’बाट सफल डेव्यु गर्दै कृष्टिन (फोटो फिचर)

‘शुभलभ’बाट सफल डेव्यु गर्दै कृष्टिन (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समय थुप्रै सम्भावना बोकेका अभिनेत्रीहरुले नेपाली सिनेमामा डेव्यु गर्दैछन् । तीनै मध्ये की एक हुन् कृष्टिन पौडेल । उनको डेव्यु सिनेमा ‘शुभलभ’ आगामी चैत्र १५ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ । सिनेमाको सार्वजनिक गीत संगीत र ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । त्यसैले पनि ‘शुभलभ’ले आफुलाई स्थापित गर्नेमा आशावादी छिन् कृष्टिन । यो आफ्नो डेव्यु सिनेमा भएकाले पनि ‘शुभलभ’को लागी एकदमै धेरै मेहनत गरेको उनको भनाई छ । आफुले शतप्रतिसत काम गरेकी छु, त्यसैले पनि दर्शकले आफ्नो अभिनयलाई मन पराउनु हुन्छ भन्ने विश्वास उनमा रहेको छ ।

निर्माण टिमका अनुसार ‘शुभलभ’ एउटा विल्कुलै फरक लभस्टोरी कथामा निर्माण भएको सिनेमा हो । पछिल्लो समय नेपालमा बनिरहेका अन्य लभस्टोरीको कथा भन्दा यो सिनेमाको कथा निकै भिन्न छ । सिनेमाको कथा युवा ज्योतिष हरिहर अधिकारीको हो । उनले पनि यही सिनेमाबाट अभिनेत्री कृष्टिनको जोडी बनेर नेपाल सिनेमा क्षेत्रमा डेव्यु गरेका छन् । बुद्ध इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् ।

सिनेमालाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । सिनेमामा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । ‘शुभलभ’मा हरिहर अधिकारी र कृष्टिन पौडेलको अलवा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । भने निर्माता तथा हल सञ्चालक श्री प्रदीप कुमार उदय ‘शुभलभ’मा अतिथी कलाकारको रुपमा देखिनेछन् ।

सिनेमामा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कोरियोग्राफी रामजी लामिछाने, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।


तस्वीर : निरज पन्थी