युट्युब ट्रेण्डनिङ्गको शिर्ष स्थानमा अनमोल र सुहानाको ‘जिन्दगी नै भन्दीन’

युट्युब ट्रेण्डनिङ्गको शिर्ष स्थानमा अनमोल र सुहानाको ‘जिन्दगी नै भन्दीन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘ए मेरो हजुर ३’को पहिलो गीत ‘जिन्दगी नै भन्दीन’ बोलको गीत युट्युब ट्रेण्डनिङ्गको शिर्ष स्थानमा पुगेको छ । यो गीत सामाजिक सञ्जालमा सार्वजनिक भएको ४८ घण्टाका ट्रेण्डनिङ्गको शिर्ष स्थानमा पुग्न सफल भएको हो । यो गीतमा युट्युबमा ४८ घण्टामा करि १२ लाख भ्युज मिलेको छ । भने ५१ ह्जार लाइक्स र ६ हजार ५ सय बढी कमेन्ट मिलेको छ । युट्युबको कमेन्ट बक्समा अधिकांश दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

सुपरस्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापाको केमेष्ट्रीलाई दर्शकले अत्याधिक रुचाएका छन् । अधिकाशं दर्शकले ‘ए मेरो हजुर ३’को तुलना बलिउड र हलिउड सिनेमासंग गरेका छन् । झरना थापाले निर्देशन गरेको सांगीतक प्रेमकथा बोल्ने सिनेमालाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यही सिनेमाबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली सिनेमा क्षेत्रमा डेव्यु गराउँदै छन् । ‘ए मेरो हजुर ३’ आगामी नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।