भाद्र २७ गतेबाट प्रदर्शन हुने भयो रेखा र दयाहाङको ‘निरफूल’

भाद्र २७ गतेबाट प्रदर्शन हुने भयो रेखा र दयाहाङको ‘निरफूल’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रंग पत्रकार तथा समिक्षक फूलमान वलको निर्देशनमा तयार भएको सिनेमा ‘निरफूल’को प्रदर्शन मिती फाइनल गरिएको छ । दयाहाङ राईको मुख्य भुमिका रहेको सिनेमा आगामी वर्षको भाद्र २७ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । यो सिनेमालाई वितरक मनोज राठीले अल नेपाल वितरणको जिम्मा लिएका छन् । ‘निरफूल’मा भूकम्पले बिछोडिएको एक परिवारको प्रेमकथा भनिएको छ ।

एक वर्ष अगाडि नै छायांकन सकिएको भए पनि विभिन्न कारणले यो सिनेमा प्रदर्शनमा आउन सकेको थिएन । सिनेमामा अभिनेत्री रेखा थापा बिशेष भुमिकामा देखिने छिन् । ‘निरफूल’मा दयाहाङका अलवा शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडालगायतका कलाकारहरुको पनि यसमा अभिनय रहेको छ ।

एनिमेसन र भीएफएक्सको काम सकिन समय लागेका कारण सिनेमा प्रदर्शनमा आउन समय लागेको निर्देशक वलले बताए । सिनेमाको पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन् । सिनेमामा धादिङ रुबी भ्यालीको एउटा परिवार मार्फत् कथा भन्ने प्रयास गरिएको निर्देशक फूलमान वलको भनाई छ ।

फ्रेन्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिल र ग्रिनतारा इन्टरटेनमेन्टको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको सिनेमाको कार्यकारी निर्माता डोमा सोनाम हुन् । प्रमोद कार्कीको छायांकन रहेको सिनेमामा अर्जुन पोखरेलको संगीत छ । सिनेमाको सम्पादन निमेष श्रेष्ठले गरेका हुन् ।