anmol jasita

निर्माता संघको ‘सिनेमा बिमा’ कार्यक्रम सोमबारबाट सुरु

निर्माता संघको ‘सिनेमा बिमा’ कार्यक्रम सोमबारबाट सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – केही दिन पहिले मात्रै दुई निर्माता संघविच एकिकरण भएको थियो । यस्तैमा नेपाल चलचित्र निर्माता संघले सोमबारबाट ‘सिनेमा बिमा’ लागु भएको जानकारी दिएको छ । सोमबार निर्माता संघका अध्यक्ष आकाश अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा सिनेमा बिमा लागु भएको स्टाटस पोस्ट गरेका छन् । ‘दुर्घटना बिमापछि हामी प्रोजेक्ट बिमा लागु गर्न सक्षम भएका छौं’ अध्यक्ष आकाश अधिकारीले फेसबुक स्टाटसमा भनेका छन् ।

आकाशका अनुसार निर्माताले कूल लगानीको १ प्रतिशत शुल्क बुझाएर निर्माता संघमा सिनेमा प्रोजेक्ट बिमा गर्न सक्नेछन् । मुलुकमा पहिलोपटक नीजि क्षेत्रबाट फिल्म इन्सुरेन्स व्यवस्था थालनी भएको हो । ‘यसले सिनेमा छायांकन र निर्माणका क्रममा भैपरि आउने दुर्घटना र भवितव्यबाट सिनेमालाई आर्थिक सुरक्षा प्रदान गर्नेछ’ अधिकारीले भने, ‘म निर्माता साथीहरुलाई ढुक्कले सिनेमा निर्माण गर्न आग्रह गर्छु ।’ यसअघि छायांकन स्थलमा हुने दुर्घटनाको मात्र बिमा गरिने व्यवस्था थियो ।

निर्माताले चलचित्र विकास बोर्डमा सिनेमा दर्ता गर्दा खुलाएको कूल लगानीको एक प्रतिशत शुल्क बिमाको लागि बुझाउनुपर्नेछ । ‘बिमा बापत हामी निर्माताको भवितव्यको आर्थिक सुरक्षा गर्न तयार छौं’ अधिकारीले भने । उनले विस्तृत जानकारीको लागि संघमा सम्पर्क गर्न आग्रह गरेकाछन् । यसैबीच, संघको शनिबार सम्पन्न साधारण सभामा रुद्रप्रिया र राज्जा रानी निर्माता रमेश एमके पौडेलले निर्माता संघलाई दुई लाख रुपैयाँ नगद आर्थिक सहयोग गरेका थिए ।