anmol jasita

होलीको रंगमा रंगिए सलिनमान, मलिकासँगै यात्रा टिम (फोटो फिचर)

होलीको रंगमा रंगिए सलिनमान, मलिकासँगै यात्रा टिम (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बुधबार र बिहिबार नेपालमा फागु पुर्णिमा अर्थात होली धुमधामका साथ मनाईंदै छ । रङ्गहरुको यो पर्व होलीलाई असत्य माथी सत्यको जितको रुपमा लिइन्छ भने आत्मियता र सद्वावको प्रतिकको रुपमा पनि लिने गरिन्छ । यसै पर्वलाई आगामी चैत्र २९ गतेबाट रिलिज हुने सिनेमा ‘यात्रा : अ म्युजिकल भ्लग’ निर्माण युनिटले एकआपसमा मनाएका छन् ।

एकअर्कालाई रङ्ग तथा अविर लगाउदै सिनेमा निर्माण युनिटले होली मनाएको हो । पहिलो सिनेमाबाटै स्टार कलाकारको रुपमा उदाएका सलिन मान बनियाँसँगै डेब्यु गर्ल मलिका महत, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल सापकोटा, निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ, निर्माता सुशील पोखरेल, प्रोडक्सन म्यानेजर मनोज जोशी, द्वन्द निर्देशक हिमाल केसी लगायतले होली मनाएका हुन् । होलीलाई प्रि-सेलिब्रेट गरेको यात्रा टिमले आउँदो वुधबार विभिन्न स्थानमा पुगेर दर्शकसँग होलीलाई सेलिब्रेट गर्ने पनि जनाएका छन् ।

गैरीधाराको रोयल एम्पायर होटेल, सिटी फ्ल्याश स्विमिङ पुल भक्तपुरसँगै नयाँ वानेश्वरमा आयोजना हुने रेडियो अडियो होली कार्यक्रम र विभिन्न मिडियाको आयोजना रहने होली कार्यक्रममा सहभागी हुने निर्देशक सम्राट शाक्यले बताए । ‘रङ्गहरुको पर्व होलीलाई हामी मिडिया र दर्शकसँग मनाउदै छौ’ उनले भने ‘होलीलाई रङ्गसँगै सद्वावको पर्वको रुपमा पनि लिइने भएकोले मन पर्छ ।’ यी सम्पूर्ण स्थानमा यात्रा युनिटकै उपस्थिति रहनेछ । सलिन पनि यसपटकको होलीलाई लिएर निकै उत्साहित छन् । ‘होली मलाइ मन पर्छ तर प्राय आफ्नै सर्कलमा मात्र मनाउने गरेको छु’ उनले भने ‘यसपटक भने दर्शक र मिडियासँग होली मनाउदैछु , विभिन्न स्थानमा पुग्दैछु ।’

उनले पहिलो पटक यसकिसिमको अनुभव होलीलाई लिएर संगाल्न लागेका हुन् । उनिसँगै उनको यात्रा टिम साथमा रहनेछ । सिनेमामा उनि भ्लगरको भूमिका छन् । सिनेमामा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको सिनेमामा केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको सिनेमामा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह निर्माताको रुपमा रहेका छन् । सुशील पोखरेल निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता सर्जुमान लिगल हुन् । सिनेमाको कथापनि निर्देशक सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । सिनेमामा प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन रहेको छ ।