anmol jasita

आजबाट २२ औं बसन्तमा आँचल शर्मा

आजबाट २२ औं बसन्तमा आँचल शर्मा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘नाई नभन्नू ल ४’ बाट नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेकी आँचल शर्माले आज आफ्नो २२ औं जन्मदिन मनाएकी छन् ।उनले आफ्नो आधिकारीक फेसबुकमा आइडीमा जन्ममिती १९९८ मार्च १९ तारिख राखेकी छन् । उनले मंगलबार विहान साथीहरु र परिवारसँग जन्मदिनको केक काटेकी हुन् । आँचलका अनुसार उनको जन्मदिनको त्यस्तो विशेष कार्यक्रम केही छैन् । सामान्य रुपमा साथीहरु र परिवारसँग बसेर जन्मदिन मनाउने सोचमा आँचल छिन् ।

आँचलले ‘जोनी जेन्टलमेन’, ‘शत्रुगते’, ‘ब्ल्याक’, ‘दाल भात तरकारी’ लगायतका सिनेमामा काम गरेकी छन् । नेपाली सिनेमामा प्रवेश गरेको छोटो समयमा राम्रो चर्चा पाउने अभिनेत्रीमा आँचलको नाम अग्रस्थानमा आउने गर्छ । यस्तै आँचलले सयौं म्युजिक भिडियोमा समेत काम गरेकी छन् ।
आँचल सिनेमासँगै म्युजिक भिडियोमा पनि उतिकै व्यस्त छिन् ।

नेपाल सिनेमा क्षेत्रमा डेव्यु गर्दा नै अभिनेता पल शाहको जोडी भएर डेव्यु गरेका कारण बेला बखत उनको नाम अभिनेता पल शाहसँग जोडिने गर्छ । तर आफुले म्युजिक भिडियो देखि सिनेमासम्म पल शाहसँग बढि काम गरेकाले पनि नाम जोडिएको हो । पल र म मिल्ने साथी मात्रै भएको आँचलको भनाई छ । आज आफ्नो जन्मदिन मनाई रहेकी आँचल शर्मालाई द सिनेमा टाइम्स परिवारको तर्फ जन्मदिनको धेरै धेरै शुभकमना !