anmol jasita

रेखाले खरिद गरिन ’काठमाडौं सुपर च्याम्पियन्स’ महिला क्रिकेट टिम

रेखाले खरिद गरिन ’काठमाडौं सुपर च्याम्पियन्स’ महिला क्रिकेट टिम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री रेखा थापा पछिल्लो समय सिनेमा निर्माण, निर्देशनसँगै राजनितीमा पनि सक्रिय छिन् । यस्तैमा अभिनेत्री रेखा थापाले सोमबार ’एनसिएल टि-२० वुमन्स लिग’ का लागि क्रिकेट टिम खरिद गरेकी छन् । उनले यस प्रतियोगिताका लागि ’काठमाडौं सुपर च्याम्पियन्स’ टिम किनेकी हुन् । डेढ दशकदेखि महिलाको क्षेत्रमा अनवरत रूपमा काम गरेको बताउँदै उनले महिला क्रिकेट टिमलाई योगदान दिन पनि आफुले क्रिकेट टिम किनेको भनाई छ ।

सोमवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ’एनसिएल टि-२० वुमन्स लिग’ को लागि सहभागी टिम, मालिक र मार्की खेलाडीको घोषणा गरिएको थियो । महिला क्रिकेट टिममा योगदान दिने उद्देश्यले आयोजकले ल्याएको प्रस्ताव आफुले स्वीकार गरेका रेखाले बताइन् । तिहारमा प्रदर्शनमा आएको सिनेमा ’मालिका’ पश्चात अनले सिनेमा तथा अभिनय गरेकी छैनन् । तर अब चाँडै नयाँ सिनेमा निर्माण गर्ने तयारीमा अभिनेत्री थापा छिन् ।

रेखाले खरिद गरेको क्रिकेट टिमको मार्की खेलाडीको रुपमा नेरी थापा छिन् । वैशाख ७ देखी १४ गतेसम्म विराटनगर स्थित बैजनाथपुर क्रिकेट मैदानमा हुने ’एनसिएल वुमन्स टि(२०’ विजेता टोलीले ट्रफीसहित १० लाख रुपैयाँ र उप-विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । हरेक खेलको ’प्लयेर अफ द म्याच’ ले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।