anmol jasita

फ्राईडे रिलिज : हलमा ‘कागजपत्र’ र ‘प्रेमलीला’

फ्राईडे रिलिज : हलमा ‘कागजपत्र’ र ‘प्रेमलीला’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट दुई नेपाली सिनेमाले आफ्नो प्रदर्शनको सुरुवात गरेका छन् । ती हुन् अफि बिष्ट निर्देशीत ‘कागजपत्र’ र फैजली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा ‘प्रेमलीला’ले आफ्नो प्रदर्शनको सुरुवात गरेका हुन् । आजबाट रिलिज हुने सिनेमा ‘कागजपत्र’लाई सम्भावना बोकेको सिनेमाको रुपमा हेरिएको छ । भने ‘प्रेमलीला’ पनि मध्येम प्रचार प्रसारकाबिच प्रदर्शन भएको हो ।

अष्ट्रेलिया जान गरिने नक्कली विवाहको कथामा निर्माण भएको सिनेमामा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरीका अलवा लोकेन्द्र लेखक, लक्ष्मी वर्देवा, जीवन भट्टराई, आरजेस रेग्मी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतकर्ता रहेको सिनेमामा वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको सिनमामा खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटीको लगानी रहेको छ । यस्तै ‘कागजपत्र’मा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । सिनेमामा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासमिर डिक्शनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

यस्तै नेपाली युवती र एक भारतीय युवकको प्रेमकथामा आधारित सिनेमालाई दिपशिखा खड्काले नानी मैयाँ कार्कीसँग मिलेर निर्माण गरिएको हो । ‘प्रेमलीला’मा दिपशिखा खड्काका अलवा भारतीय मोडल अली खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको पनि अभिनय छ । सिनेमाको कथा दीपशिखा आफैंले लेखेकी हुन् ।

पवन गौतमको छायांकन रहेको सिनेमामा हरि लम्साल, महेश खड्का, नबिन कार्कीको संगीत छ । फैजल फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाले सेन्सर बोर्डबाट पिजी सर्टि्फिकेट पाएको छ । चन्दन दत्त र सालिक राम दुलालको सम्पादन रहेको छ । सिनेमाको यसअघि फस्टलुक पोस्टर, दुई गीत र ट्रेलर सार्वजनिक भइसकेको छ ।जसले दर्शकबाट साम्रो प्रतिक्रिया पाइरहेका छन् ।