anmol jasita

विकास बोर्ड अध्यक्षमा केशव भट्टराई नियुक्त

विकास बोर्ड अध्यक्षमा केशव भट्टराई नियुक्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त भएका छन् । विहीवार बसेको मन्त्री परिषद्को बैठकले भट्टराईलाई विकास बोर्ड अध्यक्ष पदमा नियुक्त गरेको हो ।

निकिता पौडेलले राजिनामा दिएपछि रिक्त भएको बोर्ड अध्यक्षको लागि पाँच जनाको दर्खास्त परेको थियो । प्रक्रियागत रुपमा भट्टराईलाई मन्त्री परिषद्ले अध्यक्षमा नियुक्त गरेका हुन् । बोर्डको अध्यक्षमा नियुक्त भएको भट्टराईले आज शुक्रवारबाट बोर्डमा हाजिर गर्नेछन् । भोलीदेखि नै अध्यक्षको पद सम्हाल्ने केशव भट्टराईले सिनेमा क्षेत्रमा देखिएको बेथितीलाई प्रथामिकता दिने बताएका छन् ।

आफुले विकास बोर्डको अध्यक्ष भएको खण्डमा के कस्ता कामहरुलाई तव्रिता दिने विषयमा पूर्ण कार्ययोजना नै मन्त्रालयमा पेश गरेका भट्टराईले केही दिनमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि कार्ययोजना सार्वजनिक गरिने पनि बताएका छन् ।