‘ए मेरो हजुर ३’को गीतलाई युट्युबमा किर्तिमानी भ्युज, अनमोल र सुहानाको जोडीलाई प्रसंशाको ओइरो

‘ए मेरो हजुर ३’को गीतलाई युट्युबमा किर्तिमानी भ्युज, अनमोल र सुहानाको जोडीलाई प्रसंशाको ओइरो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी चैत्र २९ गते रिलिज हुन प्रतिक्षीत सिनेमा ‘ए मेरो हजुर ३’को लोक फ्लेवरको दोस्रो गीत ‘परान’ले अन्य नेपाली सिनेमाका गीतले पाएको भ्युजको किर्तीमानी रेकर्ड १८ घण्टामा तोडेको छ । सुपरस्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापालाई फिचर्ड गरिएको यो गीतलाई १६ घण्टामा युट्युबमा सर्वाधिक ८ लाख ७४ हजार भ्युज पाएको छ । यसअघि २४ घण्टामा ‘छक्का पञ्जा ३’को गीत ‘पहिलो नम्बर’ले युट्युबमा २४ घण्टामा ८ लाख सात हजार भ्युज पाएको थियो ।

यस्तै अर्काे सिनेमा ‘शत्रुगते’को ‘रुपै मोहनी’ बोलको गीतले २४ घण्टामा ८ लाख ४७ हजार भ्युज पाएको थियो । भने ‘छक्का पञ्जा २’को गीत नाइलनको साडीले २४ घण्टामा ८ लाख १२ हजार बढी भ्युज पाएको थियो । यता ‘ए मेरो हजुर ३’ कै पहिलो गीत ‘जिन्दगी नै भन्दीन’ले पनि २४ घण्टामा ८ लाख १० हजार बढि भ्युज पाएको थियो । उक्त गीत २० लाख भ्युज सहित अहिले पनि युट्युब ट्रेण्डनिङ्गको पाँचौं नम्बरमा छ । अनमोल, भुवन र निरुताले पहिलो पटक स्क्रिन सेयर गरेको ‘क्याप्टेन’को गीत ‘कर्ली कर्ली कपाल’ले पनि २४ घण्टामा ७ लाख ३३ हजार बढि भ्युज पाएको थियो ।

झरना थापाको निर्देशनमा तयार भएको सिनेमाको गीतलाई अहिलेसम्म युट्युबमा ४३ हजार लाईक्स र चार हजार पाँच सय बढि कमेन्ट मिलेको छ । या समाचार तयार पार्दासम्म गीतले युट्युबमा ८ लाख ९० हजार बढि भ्युज पाएको छ । सांगीतक प्रेमकथा बोल्ने सिनेमालाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यही सिनेमाबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली सिनेमा क्षेत्रमा डेव्यु गराउँदै छन् । सार्वजनिक गीतमा आशिष अविरलको संगीत, आनन्द अधिकारीको शब्द तथा आशिष अबिलर र अञ्जु पन्तको स्वर छ । यो गीतको भिडियो लाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।