मल्टीस्टारर सिनेमा ‘लप्पन छप्पन २’को निर्माण घोषणा

मल्टीस्टारर सिनेमा ‘लप्पन छप्पन २’को निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मल्टीस्टारर सिनेमा ‘लप्पन छप्पन २’ निर्माण हुने भएको छ । ‘लप्पन छप्पन २’का निर्देशक मुकुन्द भट्टले शुक्रबार सिनेमाको फस्टलुक सार्वजनिक गर्दै कास्ट एण्ड क्रियु सार्वजनिक गरेका हुन् । यो सिनेमा ‘लप्पन छप्पन’को सिक्वेल नभएको निर्देशक भट्टले बताए । अष्ट्रेलिया र युरोपका विभिन्न देशमा छायांकन हुने सिनेमामा दयाहाङ राई, सौगात मल्ल, अपर्ण थापा, अनुप विक्रम शाही, देवु श्रेष्ठ, क्यारोलिन कोलिन्डा, सुरविना कार्की, सिर्जना सिना सन्नी ढकाल र फाजिल अहमदको मुख्य भुमिका रहने छ ।

इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स पिक्चर्स ब्यानरमा निर्माण हुने सिनेमाको छायाँकन जेष्ठको पहिले साताबाट छायांकन सुरु गरिने छ । चिज कुमार श्रेष्ठ र प्राजपति शिवाकोटी निर्माता रहेको सिनेमा कार्यकारी निर्माता प्रकास कुँवर र निर्मल कुमार मिश्र हुन् । भने ‘लप्पन छप्पन २’को सह-निर्मातामा सोनु गुरुङ श्रेष्ठ र खिलेन्द्र तिम्सिना रहेका छन् । पुरुषोत्तम प्रधानको छायाँकन रहने सिनेमालाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् ।