अनमोल र सुहाना स्टारर ‘ए मेरो हजुर ३’को गीत ‘परान’लाई २४ घण्टा नपुग्दै दश लाख भ्युजको रेकर्ड

अनमोल र सुहाना स्टारर ‘ए मेरो हजुर ३’को गीत ‘परान’लाई २४ घण्टा नपुग्दै दश लाख भ्युजको रेकर्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुपरस्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापा फिचर्ड लोक फ्लेवर ‘परान’ गीतले सामाजिक सञ्जाल युट्युबमा किर्तिमानी भ्युज पाइरहेको छ । यो गीतले युट्युबमा सार्वजनिक भएको २४ घण्टा नपुग्दै १० लाख अर्थात १ मिलियन भ्युज पाउन सफल भएको छ । यो आजसम्म सार्वजनिक भएका सम्पुर्ण सिनेमाको गीतको रेकर्ड हो । आजसम्म कुनैपनि नेपाली सिनेमाको गीतले २४ घण्टा नपुग्दै १ मिलियन भ्युज पाएको रेकर्ड छैन् । जसले गर्दा पनि आगामी चैत्र २९ गते रिलिज हुने सिनेमा ‘ए मेरो हजुर ३’लाई यो वर्षकै बहुप्रतिक्षीत सिनेमाको रुपमा हेरिएको छ ।

झरना थापाको निर्देशनमा तयार भएको सिनेमाको गीतलाई २३ घण्टामा युट्युबमा दश लाख भ्युज, ४५ हजार बढि लाइक्स र पाँच हजार बराबर कमेन्ट मिलेको छ । सार्वजनिक गीतमा आशिष अविरलको संगीत, आनन्द अधिकारीको शब्द तथा आशिष अबिलर र अञ्जु पन्तको स्वर छ । यो गीतको भिडियो लाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् । सांगीतक प्रेमकथा बोल्ने सिनेमालाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यही सिनेमाबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली सिनेमा क्षेत्रमा डेव्यु गराउँदै छन् ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।