सदाबहार अभिनेत्री करिष्मा मानन्धरले दिइन एसईईको परिक्षा

सदाबहार अभिनेत्री करिष्मा मानन्धरले दिइन एसईईको परिक्षा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज चत्रै १० गते आइतबारबाट एसईईको परिक्षा सुरु भएको छ । देशभरबाट करिब ४ लाख ७५ हजार परीक्षार्थी यस परीक्षामा सहभागी भएका छन् । त्यही भिडमा नेपाली सिनेमाकी चर्चित सदाबहार अभिनेत्री करिष्मा मानन्धर पनि एसईईको परिक्षामा सामेल भएकी छन् । करिष्माले आज पहिलो दिन अंग्रेजी विषयको परिक्षा दिएकी हुन् । उनले एसईईको लागी निकै मेहनत गरेकी छन् । उनले आफ्नो घरमा हरेक वर्ष आयोजना हुने होली कार्यक्रम पनि यो वर्ष एसईईको कारण नमनाउँने निणर्य गरेकी थिइन् ।

त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतिदेवीमा अध्ययन गरेकी करिष्माले विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार केन्द्रबाट एसईई परीक्षा दिइरहेकी छन् । एसईई परीक्षाका लागी जोडतोड मेहनत गरेकी मानन्धरले कस्तो नतिजा हाँसिल गर्छिन् त्यो भने रिजल्ट पछि थाहा हुनेछ । हालका लागि धेरै नेपालीको प्रेरणाको श्रोत बनेकी मानन्धरलाई सफलताको शुभकामना ।