‘साइँली’को नयाँ प्रचार काइदा, होला त ‘काउनडाउन सर्ट प्रोमो’को फाइदा ?

‘साइँली’को नयाँ प्रचार काइदा, होला त ‘काउनडाउन सर्ट प्रोमो’को फाइदा ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात चैत्र १५ गतेबाट रिलिज हुने सिनेमा ‘साइँली’ निर्माण टिमले प्रचार प्रसारमा नयाँ सुरुवात गरेको छ । प्रदर्शनको एक हप्ता बाँकी रहदाको दिनबाट सिनेमा निर्माण टिमले काउनडाउन शोरुप हरेक दिन कमेडी सर्ट प्रोमो सार्वजनिक गरिरहेको छ । यो अहिले रिलिज भैरहेका हरेक सिनेमाको भन्दा फरक प्रचार शैली हो । निर्माण टिमका अनुसार यो शैलीले दर्शकलाई हलसम्म डोर्याउन सहयोग गर्नेछ ।

दर्शकमाझ सिनेमाप्रति कौतुहलता जगाउन अचेल सिनेमा मेकरहरु अनेकन फण्डा अपनाउने गर्छन् । यस्तै फण्डा अपनाउन माहिर निर्देशक हुन् रामबाबु गुरुङ । उनले टिपिकल नेपाली शब्दलाई टपक्क टिपेर सामाजिक विषयवस्तुमा कमेडी सिनेमा निर्माण गर्न सिपालु निर्देशकको रुपमा चिन्ने गरिन्छ । यस पटक पनि निर्देशक गुरुङले ‘सुन साइँली’ गीतको भावलाई टिपेर सिनेमा निर्माण गरेका छन् । यो बैदेशीक रोजगारीमा जान बाध्य नेपालीको कथालाई उठान गरिएको छ ।

नेपाली सिनेमाका रेगुलर दर्शकलाई सिनेमा रिलिज हुन बाँकी रहेको दिन स्मरण गराउँदै निर्माण टिमले दैनिक ‘काउन्टडाउन सर्ट प्रोमो’ युट्युबमा सार्वजनिक गरिरहेको छ । प्रोमोमा सिनेमाभित्र समावेश आधा सेकेण्डको रोचक दृश्य समावेश गरिएको छ । सामाजिक सञ्जालमा सक्रिय दर्शकलाई सर्ट प्रोमोले सिनेमा हेर्न थप उत्सुकता थप्ने र रिलिज हुने दिन पनि स्मरण गराउने हुँदा यो शैली अपनाएको निर्देशक रामबाबु गुरुङ बताउँछन् ।

सिनेमाको सार्वजनिक ट्रेलर र गीत संगीतले राम्रो हाइप निर्माण गरेको छ । अहिले व्यापारमा खडेरी लागेको सिनेमाको व्यापारमा ‘साइँली’ले चलायमान बनाउने विश्वास सिनेमाकर्मी र निर्माण टिमलाई छ । सिनेमालाई गायक हेमन्त राना र गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की, लगायतका कलाकारको पनि मुख्य भुमिका रहेको छ ।

विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको सिनेमामा बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह निर्माताको रुपमा रहेका छन् । भने सिनेमाका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । सिनेमामा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।