द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री निता ढुगांनाले निर्देशक तथा निर्माता अशोक शर्माको नयाँ सिनेमा ‘रातो टिका निधारमा’ अनुबन्धित भएकी छन् । निताले सोमबार यो सिनेमामा साइन गरेको जानकारी सामाजिक सञ्जालबाट दिएकी छन् । श्रोतका अनुसार सिनेमामा निताको जोडीको रुपमा रविन्द्र झा देखिने छन् । सिनेमामा निता मुख्य अभिनेत्री मध्येकी एक हुन् । तर अझैपनि मुख्य अभिनेता र अभिनेत्रीको खोजी अहिले भैरहेको छ ।

बैशाख अन्तिम साता वा जेठ पहिलो साताबाट छायांकन सुरु हुने सिनेमामा नीता र रबिन्द्रका अलवा बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी लगायतका कलाकारहरु फाइनल भइसकेका छन् । केही दिन यता सिनेमाको गीत रेकर्डिङको काम भइरहेको निर्देशक शर्माले बताए । सिनेमामा एक दशक पहिले प्रदर्शनमा आएको अशोक शर्मा निर्देशीत सिनेमा ’अल्लारे’ मा समावेश सुपरहिट गीत ’रातो टिका निधारमा’लाई रि-एरेञ्ज गरेर यो सिनेमामा राखिने छ ।
पुरुषोत्तम प्रधानले खिच्ने ‘रातो टिका निधारमा’ मा शम्भुजित बाँस्कोटाको संगीत रहनेछ । निर्देशक अशोक शर्माले १२ वर्षपछि निर्माण तथा निर्देशन गरेको सिनेमा ’जय भोले’ मार्फत् कमब्याक गरेका थिए । कमब्याक सिनेमा सफल भएपछि उनी अब सिनेमा निर्माण तथा निर्देशनलाई पनि निरन्तरता दिने सोचमा छन् । अशोक बितरक कम्पनी डिसिएनका मालिक समेत पनि हुन् । ‘रातो टिका निधारमा’को निर्माण घोषणा ‘जय भोले’को रिलिजकै बेला गरेका थिए ।


प्रतिक्रिया