हलमा ‘शुभलभ’ हेरिरहँदा विदेशी सिनेमाको गन्ध आउँदैन : हरिहर अधिकारी

हलमा ‘शुभलभ’ हेरिरहँदा विदेशी सिनेमाको गन्ध आउँदैन : हरिहर अधिकारी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा हो ‘शुभलभ’ । यो सिनेमाबाट युवा ज्योतिष हरिहर अधिकारी हिरोको रुपमा डेव्यु गर्दैछन् । सिनेमाको यसअघि सार्वजनिक गीत संगीत, ट्रेलर र पोस्टरले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यसैले पनि सिनेमाले राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमलाई छ । ‘शुभलभ’बाट हरिहरको जोडी बनेर डेव्यु गर्दैछिन् मिसटिन कृष्टिन पौडेल । उनी पनि यो सिनेमाबाट निकै आशावादी छिन् ।
यस्तै पहिलो पटक सिनेमामा डेव्यु गर्न लागेका ज्योतिष हिरो हरिहरले ‘शुभलभ’को कथा निर्देशक सन्तोषबाबु लोहनीलाई एक चिया गफमा सुनाएका थिए । सिनेमा निर्माणको लागी कथा खोजी गरिरहेका निर्देशक लोहनीलाई कथा निकै मन पर्यो । अनि उनले हरिहरको कथामा सिनेमा निर्माण गर्ने पक्का गरे । हरिहरको कथालाई पटकथामा बदल्ने काम गरेका हुन् पटकथाकार अभिमन्यु निरबीले । कथा सुन्दै उक्त कथाको लागी हिरो हरिहरलाई नै लिने पक्का गरिसहेका थिए निर्देशक लोहनीले । जसको लागी सुरुमा त हिरो बन्ने कुराले हरिहरलाई के गर्ने भन्ने दुविधामा पारेको थियो । तर पछि निर्देशकको विश्वास र सिनेमाको कथामा आफुलाई फिट हुने देखेर काम गर्न तयार भएका थिए ।


अहिले निर्माण सम्पुर्ण काम सकेर प्रदर्शनको लागी तयार छ ‘शुभलभ’ । अहिले सिनेमा निर्माण टिम प्रचार प्रसारमा जोड तोडका साथ लागी रहेको छ । सिनेमाको दर्शकमाझ राम्रो हाइप बनि रहेको पनि छ । यस्तैमा केहीदिन पहिले मिडियासँग कुरा गर्दै अभिनेता हरिहर अधिकारीले ‘शुभलभ’को कथा एकदमै भिन्न रहेको सुनाए । उनले भने, – ‘शुभलभ हेरिरहँदा कुनैपनि विदेशी सिनेमाको गन्ध आउँदैछ । यो नेपालमा बनिरहेका लभस्टोरी सिनेमाभन्दा निकै भिन्न छ ।’ यस्तै उनले भने पछिल्लो समय नेपाली सिनेमाको प्रचार सामाग्री एक र कथा अर्कै हुने गरेको भन्दै ‘शुभलभ’मा त्यस्तो नरहेको बताए । ‘शुभलभ’को गातामा जे देखिएको छ, गुदीमा पनि त्यही छ । ‘शुभलभ’को प्रचार सामाग्रीमा प्रयोग गरिएको गाता जती चम्कीलो छ, त्यती नै चम्कीलो गुदी पनि छ, त्यसैले ‘शुभलभ’ ढुक्कसँग हेर्दा हुने उनको भनाई छ । यता सिनेमाले दर्शकलाई निराश नबनाउने दाबी निर्देशक लोहनीको छ ।

बुद्ध इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । सिनेमालाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । सिनेमामा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । ‘शुभलभ’मा हरिहर अधिकारी र कृष्टिन पौडेलको अलवा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । भने निर्माता तथा हल सञ्चालक श्री प्रदीप कुमार उदय ‘शुभलभ’मा अतिथी कलाकारको रुपमा देखिनेछन् ।

सिनेमामा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कोरियोग्राफी रामजी लामिछाने, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।