पल शाहले गरे भाईरल भिम बहादुर बिकको घरको शिलान्यास

पल शाहले गरे भाईरल भिम बहादुर बिकको घरको शिलान्यास

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता पल शाहले देबघाटका भाईरल भिम बहादुर बिकको घरको शिलान्यास गरेका छन् । पल अहिले सिनेमा र म्युजिक भिडियोका अलवा समाजसेवामा पनि सक्रिय भैरहेका छन् । पलको मुख्य भुमिका रहेको सिनेमा ‘विर विक्रम २’ प्रदर्शनको तयारीमा रहेको छ । यो सिनेमा आगामी वर्षको जेष्ठ ३ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।

समाजसेवी रन्जिता गुरुङ्गको अगुवाइमा भिम बहादुर बिकको घर निर्माण कार्य सुरु भएको हो । समाजिक संजालमा भाईरल भएका भिमको घर ५ बर्ष अघि जलेर पुर्ण रुपमा नष्ट भएको थियो । जलेको घर निर्माण गर्न नसक्दा बर्षातको समयमा घर भित्रै पानी छिर्ने र रातभरि परिवारका सदस्यहरु सुत्न नसक्ने अवस्था आएकाले आउदो बर्षात भन्दा अगाडी नै घर निर्माण गरि हस्तान्तरण गर्ने तयारी रहेको समाजसेवी रन्जिता गुरुङ्गले बताइन् ।

घर निर्माण अभियानमा अमेरिका निबासी हेम थापाले आर्थिक सहयोग गरेका छन् । भने बाँकी अपुग रकमका लागी देश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीहरुलाई सहयोगका अपिल गरिने छ । आगामी नयाँ वर्ष बैशाख १ गतेबाट घर निर्माण कार्य थालनी हुने र वर्षातको मौसम सुरु हुनु अगावै असार १ गते भन्दा पहिले नै घर निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण गर्ने लक्ष्य राखेको रन्जिताको छ ।

उक्त घरको शिलान्यास गर्दै अभिनेता पल शाहले आफुले पनि भौतिक, आर्थिक, समाजिक रुपमा सकेको सहयो गर्ने गर्ने प्रतिबद्धता जनाएका छन । यस्तै अभिनेता पलले समाजिक कार्यमा सहभागी भएर सहयोग गर्न पाउँदा आफु र आफ्नो परिवारलाई निकै खुशी मिल्ने बताए ।