दर्शकलाई हरिहरको ‘शुभलभ’ हेर्न भुवनको आग्रह

दर्शकलाई हरिहरको ‘शुभलभ’ हेर्न भुवनको आग्रह

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बुद्ध इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमा ‘शुभलभ’को चर्चा परिचर्चा अहिले निकै भैरहेको छ । यो सिनेमाबाट युवा ज्योतिष हरिहर अधिकारी र कृष्टिन पौडेलले नेपाली सिनेमा क्षेत्रमा डेव्यु गर्दैछन् । यो सिनेमाको सार्वजनिक प्रचार सामाग्री पोस्टर, गीत, संगीत र ट्रेलरलेृ दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । त्यसैले पनि यो सिनेमाले दर्शकको राम्रो साथ पाउने अपेक्षा निर्माण टिम र सिनेमाकर्मीलाई छ ।

सिनेमा प्रदर्शन दिन मात्रै बाँकी रहँदै गर्दा सिनेमाकर्मीबाट ‘शुभ लभ’लाई सफलताको शुभकामना मिल्न सुरु भएको छ । यस्तै मंगलबार सदाबहार अभिनेता भुवन केसीले एक भिडियो मार्फत् निर्देशक सन्तोष बाबु लोहन, अभिनेता हरिहर अधिकारी, अभिनेत्री द्वय कृष्टिन पौडेल र सुर्या थापालाई सिनेमाको सफलताको शुभकामना दिँदै आफू पनि सिनेमा हेर्न आतुर रहेको बताए । भुवनले शुभलभको ट्रेलर र गीत निकै मन परेको सुनाए । ’सिनेमा राम्रो बनेको छ भन्नेमा विश्वस्त छु । दर्शकले सिनेमाबाट भरपूर मनोरञ्जन लिनुहुन्छ भन्ने मलाई लागेको छ । एकपटक म पनि शुभलभ हेर्छु तपाईहरु पनि हेर्नुहोला’, भुवनले भने ।

‘शुभलभ’का प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । सिनेमालाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । सिनेमामा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । ‘शुभलभ’मा हरिहर अधिकारी र कृष्टिन पौडेलको अलवा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

सिनेमामा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कोरियोग्राफी रामजी लामिछाने, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।