मैले जस्तै छोरी सुहानाले पनि सम्पुर्ण दर्शकको विश्वासलाई जित्ने छ : झरना थापा

मैले जस्तै छोरी सुहानाले पनि सम्पुर्ण दर्शकको विश्वासलाई जित्ने छ : झरना थापा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री तथा निर्देशक झरना थापाको जन्मदिनको अवसर पारेर चैत्र २९ गतेबाट रिलिज हुने सिनेमा ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाण्डौमा आयोजीत एक कार्यक्रमका विच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । यो सिनेमाको ट्रेलर युटुबमा भने बिहिबार दिउँसो १ बजे मात्र सार्वजनिक गरिने निर्माणपक्षले जनाएको छ । ट्रेलर रिलिज कार्यक्रममा अभिनेत्री तथा निर्देशक झरना थापाको जन्मदिनको केक समेत काटिएको थियो ।

सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा सुपरस्टार अनमोल केसी, डेव्यु गर्ल सुहाना थापा, सलोन बस्नेत, रेअर राई, निर्माता सुनिल कुमार थापा लगायतको उपस्थित थिए । ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्देशक झरना थापाले भनिन्–‘ ए मेरो हजुर ३ बाट मैले छोरी सुहानालाई डेब्यू गराउँदैछु । आफूले हिडेको बाटोमा छोरीलाई पनि हिडाउँदैछु । आजबाट मैले तपाइहरु माझ मेरी छोरीलाई सुहानालाई छाड्दैछु । आशा छ तपाईहरुले मेरी छोरीलाई पनि मलाई जस्तै माया गरि दिनु हुनेछ ।’

यस्तै कार्यक्रममा बोल्दै अभिनेता अनमोल केसीले भने–‘ए मेरो हजुर जस्तो सफल सिनेमाको टिमसँग जोडिन पाउँदा म अत्यन्त खुशी छु । यसपटक पनि सबैको साथ र सहयोग पाउनेछु भन्ने आशावादी छु ।’ यस्तै, डेव्यु अभिनेत्री सुहाना थापाले भनिन्– ‘मैले आजबाट नयाँ यात्रा सुरु गर्दैछु । यो यात्रामा यहाँहरु सबैको माया र साथ पाउँछु भन्ने आशा पनि गरेकी छु ।’

यता ट्रेलर रिलिज कार्यक्रममा बोल्दै अभिनेता सलोन बस्नेतले ‘ए मेरो हजुर’ जस्तो सफल ब्राण्डको हरेक श्रृङ्खलामा सहयात्री बन्न पाउँदा निकै खुशी लागेको छ । हरेक श्रृङ्खलामा मलाई विश्वास गरेर स्थान दिनु भएकोमा निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापा प्रति आभारी छु । सिनेमाले स्टार र फ्यान विचको साँगीतक प्रेम कथालाई उठान गरेको छ ।