हरिहर र कृष्टिनको ‘शुभलभ’ युट्युबमा रिलिज नहुने

हरिहर र कृष्टिनको ‘शुभलभ’ युट्युबमा रिलिज नहुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भोली शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘शुभलभ’ सामाजिक सञ्जाल युट्युबमा रिलिज नहुने भएको छ । निर्देशक सन्तोष बाबु लोहनीका अनुसार पछिल्लो समय नेपाली सिनेमालाई युट्युबमा पर्खेर बस्ने दर्शकको संङख्या अत्याधिक रहेको छ । नेपाली सिनेमा ३/४ महिनामा युट्युबमा आइहाल्छ भन्दै हलसम्म सिनेमा हेर्न दर्शक नजाने गरेको तितो यर्थात बढ्दै गएकाले ‘शुभलभ’ इन्टरनेटमा रिलिज नगर्ने निर्णय गरेको निर्देशक लोहनीले बताए । साथी भाईसँग बसेर हलमा सिनेमा हेरे जस्तो मज्जा युट्युबमा आउँदैन् र पछिल्लो समय सामाजिक सञ्जाल युट्युबमा सिनेमाको ब्याग्राराउण्ड म्युजिक नै बिगारेर हालि दिने गरेकाले पनि ‘शुभलभ’लाई युट्युबमा रिलिज नगर्ने निर्णय गरिएको हो ।

यस्तै ‘शुभलभ’लाई मल्टिपेलेक्सदेखि सिंगल हलले राम्रो शो उपलब्ध गराएकाले पनि सिनेमालाई दर्शकको राम्रो साथ मिल्नेमा निर्माण टिम निकै आशावादी छ । सिनेमाको सार्वजनिक गीतसंगीत र ट्रेलरले दर्शकमाझ राम्रो हाइप बनाएको छ । योसँगै युवा ज्योतिष हरिहर अधिकारका कारण पनिले बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा सिनेमाकर्मीको छ । बुद्ध इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् ।

सिनेमालाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । सिनेमामा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । ‘शुभलभ’मा हरिहर अधिकारी र कृष्टिन पौडेलको अलवा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । भने निर्माता तथा हल सञ्चालक श्री प्रदीप कुमार उदय ‘शुभलभ’मा अतिथी कलाकारको रुपमा देखिनेछन् ।

सिनेमामा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कोरियोग्राफी रामजी लामिछाने, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।