बहुप्रतिक्षीत सिनेमा ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक (भिडियो)

बहुप्रतिक्षीत सिनेमा ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – यो वर्षको बहुप्रतिक्षीत सिनेमा ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार निर्देशक तथा अभिनेत्री झरना थापाको जन्मदिनको अवसर पारेर सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाको ट्रेलर युट्युबमा भने बिहिबार मात्र सार्वजनिक गरिएको हो । सिनेमाको सार्वजनिक ट्रेलरमा मुख्य कलाकार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापाको केमेष्ट्री उत्कृष्ट देखिएको छ । ट्रेलरमा समावेश केही संवादले दर्शकको मन जित्ने अपेक्षा निर्माण टिमलाई छ । सार्वजनिक ट्रेलरमा सिनेमाका सम्पुर्ण मुख्य कलाकारलाई स्थान दिइएको छ ।

स्टार र फ्यानविचको साँगीतीक प्रेमकथामा निर्माण भएको सिनेमालाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । यो सिनेमालाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यही सिनेमाबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली सिनेमा क्षेत्रमा डेव्यु गराउँदै छन् । ‘ए मेरो हजुर ३’ आगामी नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।