फ्राईडे रिलिज : हलमा ‘साइँली’ र ‘शुभलभ’

फ्राईडे रिलिज : हलमा ‘साइँली’ र ‘शुभलभ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट दुई नेपाली सिनेमा ‘साइँली’ र ‘शुभलभ’ले आफ्नो प्रदर्शनको सुरुवात गरेका छन् । ‘साइँली’लाई सामाजिक कथावस्तुमा सफल सिनेमा निर्माण गर्ने निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन् । भने ‘शुभलभ’लाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । दुवै सिनेमालाई राम्रो व्यापार गर्न सक्ने सम्भावना बोकेका सिनेमाको रुपमा हेरिएको छ । यी दुवै सिनेमा मध्यम प्रचार प्रसारका विच हलमा रिलिज भएका हुन् ।

बुद्ध इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । सिनेमामा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । ‘शुभलभ’मा हरिहर अधिकारी र कृष्टिन पौडेलको अलवा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सिनेमामा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कोरियोग्राफी रामजी लामिछाने, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

बैदेशीक रोजगारीको कथामा निर्माण भएको सिनेमा साइँलीलाई गायक हेमन्त राना र गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की, लगायतका कलाकारको पनि मुख्य भुमिका रहेको छ ।

विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको सिनेमामा बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह निर्माताको रुपमा रहेका छन् । भने सिनेमाका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । सिनेमामा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।