‘साइँली’लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया !

‘साइँली’लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘साइँली’को विहिबार साझँ काठमाडौंको जय नेपाल हलमा प्रिमियर शोको आयोजना गरिएको थियो । उक्त प्रिमियर शोमा गरिबीले निम्त्याएको एक परिवारको पिडा बोल्ने सिमालाई उत्कृष्ट प्रतिक्रिया मिलेको छ । प्रिमियर शोमा ‘साइँली’ हेरेका पाहुनाहरुले रामबाबु गुरुङले आजसम्म निर्देशन गरेका सम्पुर्ण सिनेमाभन्दा राम्रो रहेको प्रतिक्रिया दिएका छन् । समिक्षकले भने सिनेमालाई मिश्रीत प्रतिक्रिया दिएका छन् ।

प्रिमियरमा सिनेमा हेर्न हास्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तली, बरिष्ठ कलाकार सुनिल थापा, टिका पहाडी, अनुप बराल, दयाहाङ राई, अभिनेत्री दिया मास्के, ऋचा शर्मा, श्वेता खड्का, बरिष्ठ संगीतकार न्ह्यु बज्राचार्य, संगीतकार कालिप्रसाद बास्कोटा, गायिका इन्दिरा जोशी, गायक हेमन्त राना, कलाकार बुद्धि तामाङ, गौरव पहाडी, मेनुका प्रधान, उपासना सिंह ठकुरी, केनिपा सिंह लगायतको उपस्थीती रहेको थियो ।

बैदेशीक रोजगारीको कथामा निर्माण भएको सिनेमा साइँलीलाई गायक हेमन्त राना र गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की, लगायतका कलाकारको पनि मुख्य भुमिका रहेको छ ।

विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको सिनेमामा बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह निर्माताको रुपमा रहेका छन् । भने सिनेमाका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । सिनेमामा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।