‘ए मेरो हजर ३’को रेकर्ड ब्रेक ट्रेलर : अनमोल र सुहानालाई २४ घण्टामा ८ लाख ११ हजार बढि भ्युज

‘ए मेरो हजर ३’को रेकर्ड ब्रेक ट्रेलर : अनमोल र सुहानालाई २४ घण्टामा ८ लाख ११ हजार बढि भ्युज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी नयाँ वर्षको अवसर पारेर चैत्र १५ गतेबाट रिलिज हुने सुपरस्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापा स्टारर सिनेमा ‘ए मेरो हजुर ३’को ट्रेलरले युट्युबमा सार्वजनिाक भएको २४ घण्टामा रेकर्ड ब्रेक भ्युज पाएको छ । यो सिनेमालाई सामाजिक सञ्जाल युट्युबमा २४ घण्टामा ८ लाख ११ हजार बढि भ्युज मिलेको हो । यसअघि पनि यो रेकर्ड अनमोलकै नाम रहेको थियो । अनमोल केसी अभिनीत सिनेमा ‘क्याप्टेन’को ट्रेलरले युट्युबमा २४ घण्टामा ८ लाख १० हजार बराबरा भ्युज पाएको थियो ।

केही दिन पहिले सार्वजनिक ‘ए मेरो हजुर ३’कै लोक फ्लेबरको गीत परानले पनि अहिलेसम्म रिलिज भएका सम्पुर्ण नेपाली सिनेमाका गीतले पाएको रेकर्ड तोड्दै २४ घण्टा नपुग्दै १० लाख अर्थात १ मिलीयन भ्युजको रेकर्ड आफ्नो नाममा गरेको थियो । ‘ए मेरो हजुर ३’को ट्रेलरलाई अहिलेसम्म सामाजिक सञ्जाल युट्युबमा ४९ हजार बराबर लाइक्स र ७ हजार ८ सय बढि कमेन्ट मिलेको छ । सिनेमामा अभिनेता अनमोल केसीको डबल रोल रहेको छ । युट्युबको कमेन्ट बक्समा अनमोल र सुहानाको जोडीलाई उत्कृष्ट प्रतिक्रिया मिलेको छ । सिनेमाको सार्वजनिक गीतसंगीत र ट्रेलर दर्शकमाझ राम्रो हाइप बनाएको छ ।

स्टार र फ्यानविचको साँगीतीक प्रेमकथामा निर्माण भएको सिनेमालाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । यो सिनेमालाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यही सिनेमाबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली सिनेमा क्षेत्रमा डेव्यु गराउँदै छन् । ‘ए मेरो हजुर ३’ आगामी नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।