भाद्र २७ लाई प्रदर्शन मिति फाइनल गर्दै सुरु भयो ’हृदय भरी’को छायाकंन

भाद्र २७ लाई प्रदर्शन मिति फाइनल गर्दै सुरु भयो ’हृदय भरी’को छायाकंन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – केही महिना पहिले काठमाडौंमा आयोजीत एक कार्यक्रमका बिच घोषणा गरिएको सिनेमा ’हृदय भरी’को छायांकन शुक्रबारबाट सुरु गरिएको छ । राजधानीबाट सुरु भएको सिनेमाको छायाँकन लगभग ४५ दिनमा सक्ने लक्ष्य रहेको निर्देशक सुरज सुब्बा नाल्बोले बताए । राजधानीमा रहेको ’द भ्वाइस अफ नेपाल’ को सेटमा परिवर्तन गर्दै ’हृदय भरी’मा ब्युटीप्याजेन्ट सिनको छायाँकन चलिरहेको निर्देशक सुब्बाले जानकारी दिए । यो ’सिनेमाको महत्वपूर्ण सिन हो जसले सिनेमामा नयाँ मोड ल्याउँछ’ निर्देशकले छायांकनरत सिनबारे बुझाउदै भने ’ब्युटीप्याजेन्टको फिनालेको दृश्यको सजावट हो यो त्यसैले निकै मेहनतका साथ् खिचिरहेका छौं ।’

झन्डै पन्ध्र बढी व्यावसायिक मोडेलसंगै डेब्यु गर्ल श्रद्धा र रेखालाई कोरियोग्राफर जयन सुब्बा मानन्धरले कोरियोग्राफ गरिरहेकी थिइन् । सिनेमाको यस दृश्यलाई निर्देशक सुब्बाले ४ वटा क्यामेराले कैद गरिरहेका थिए । उनले सिनेमाको सब्जेक्ट काठमान्डूकै रहेकोले ’हृदय भरी’को गीतलाई धरान र विदेशमा खिचिने बताए । ’ यो सोसल ड्रामा सिनेमा हो तर दर्शकलाई भरपुर मनोरंजन दिनेमा’ निर्देशक नाल्बो विश्वस्त छन् ।

सुरज सुब्बा नाल्बोकै लेखन तथा निर्देशनमा तयार हुने सिनेमामा पल शाह, निर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुवंर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बु, मनोज केसी, कविता रेग्मी, अभिदिथ खाती, बिके श्रेष्ठ, दिपक गजमेर, प्रेम श्रेष्ठ, अनुपम श्रेष्ठ, आयुषमान घिमिरे, सुमन श्री लगायतको अभिनय रहनेछ । यही सिनेमा मार्फत श्रद्धा क्षेत्री नेपाली सिनेमामा डेब्यु गर्दैछिन् । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धा त्यहाँकी परिचित मोडल हुन् ।

एन फिल्मस् एण्ड क्रिएशन, शाह प्रोडक्सन प्रा.लि र दिपीन्द्र फिल्मसको संयुक्त ब्यानरमा निर्माण हुने सिनेमालाई निकेश लिम्बु, चन्दन शाह तथा दिपीन्द्र राईले निर्माण गर्दैछन् । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने सिनेमामा सौरभ बिश्वास र रुचि बिश्वास सह निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् । सिनेमामा मानकृष्ण महर्जनको छायांकन, अर्जुन पोखरेल, हरी लम्साल, दिपक शर्माको संगीत, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, केदार भुषालको लेखन, बिपिन मल्लको सम्पादन रहनेछ । यो सिनेमा अर्को वर्षको भदौ २७ गतेबाट अल नेपाल रिलिज हुनेछ ।