नेपाल चलचित्र संघले ‘सानो संसार’, ‘लुट’ र ‘छक्का पञ्जा ३’ रिलिज गर्ने

नेपाल चलचित्र संघले ‘सानो संसार’, ‘लुट’ र ‘छक्का पञ्जा ३’ रिलिज गर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा घर र वितरकहरुको छाता संगठननेपाल चलचित्र संघले ‘एक दिवसिय चलचित्र उत्सव’को आयोजना राजधानीमा गर्ने भएको छ । आगामी चैत्र २१ गते बिहिबारका दिन चलचित्र संघले कमलपोखरी स्थित क्युएफएक्स कुमारी हलमा ‘एक दिवसिय चलचित्र उत्सव’को आयोजना गर्ने अध्यक्ष प्रदीप कुमार उदयद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उक्त ‘एक दिवसिय चलचित्र उत्सव’मा फरक फरक समयका चर्चित तिन सिनेमा ‘सानो संसार’, ‘लुट’ र ‘छक्का पञ्जा ३’को प्रदर्शन गरिने आयोजक संस्थाले जनाएको छ । ‘सानो संसार’लाई आलोक नेवाङले निर्देशन गरेका हुन् । भने ‘लुट’ र ‘छक्का पञ्जा ३’लाई निश्चल बस्नेत र दीपाश्री निरौलाले निर्देशन गरेका हुन् । यस उत्सवले नेपाली सिनेमालाई महत्त्वपूर्ण योगदान पुग्ने विश्वास चलचित्र संघको छ ।

नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ’नेपाल चलचित्र संघले आफ्नो स्थापना कालदेखि नै नेपाली सिनेमा क्षेत्रको विकास, विस्तार, प्रबद्र्धन एवं सम्बद्र्धनमा महत्त्वपूर्ण भूमिका निर्वाहा गर्दै आएको छ । यही परिप्रेक्षमा नेपाली सिनेमाको बजार प्रबद्र्धनका लागि राजधानीमा ‘एक दिवसिय चलचित्र उत्सव’ आयोजना गर्न लागेका छौं ।’

केही वर्ष पहिले निर्माण भएको सफल सिनेमा सानो संसारमा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ, कर्मा शाक्य, जिवन लुईंटेल, निर शाह लगायतका कलाकारको मुख्य भुमिका रहेको थियो । यस्तै माधव वाग्ले र नरेन्द्र महर्जनको निर्माणमा बनेको सिनेमा लुटमा सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, ऋचा शर्मा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको थियो । भने यही वर्षको दशैंमा रिलिज भएको सुपरहिट सिनेमा छक्का पञ्जा ३ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाई, प्रिंयका कार्की, बुद्धि तामाङ, स्वस्तिमा खड्का लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।