‘शुभलभ’ हेरेर रविन्द्र मिश्रले गरेको हरिहरको तारिफ

‘शुभलभ’ हेरेर रविन्द्र मिश्रले गरेको हरिहरको तारिफ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गएको शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘शुभलभ’को आइतबार आयोजीत विशेष शोमा साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले हेरका छन् । केही वर्ष पहिले प्रदर्शनमा आएको सिनेमा ‘हाइवे’मा मुख्य कलाकारको रुपमा काम गरेका रविन्द्रले शुभलभ मन परेको भन्दै युवा ज्योतिष तथा साझा पार्टीका सदस्य हरिहर अधिकारीको प्रशंसा गरे । उनले भने ‘शुभलभ’ नयाँ कन्सेप्टमा निर्माण भएको राम्रो सिनेमा हो । यसमा मुख्य पात्र ज्योतिष हरिहर अधिकारी जीले एकदमै राम्रो काम गर्नु भएको छ । उहाँको भविष्य ज्योतिष पेशासँगै सिनेमा क्षेत्रमा पनि उज्वल छ ।

योसँगै उनले आफुले अभिनय गरेको सिनेमा ‘हाइवे’लाई पनि सम्झे । ‘हाइवे’मा मैलै दीपक रौनियारको निर्देशनमा दयाहाङ राई, सौगात मल्ल र कर्मा शाक्य जस्ता कलाकारसँग मुख्य पात्रको रुपमा काम गरेको थिए । तर त्यो सिनेमाले नेपाली बक्सअफिसमा राम्रो काम गर्न सकेन । त्यस पश्चात आफुले सिनेमामा काम गर्ने हिम्मत जुटाउन नसकेको उनको भनाई छ । तर, उनलाई सिनेमामा अभिनय गर्ने हुटहुटी भने अझै छ ।

उनी पुनः फिल्ममा ढिलो चाँडो फर्किने सोचमा पनि छन् । आइतबार साझा पार्टीका सदस्य तथा चर्चित युवा ज्योतिष हरिहर अधिकारी अभिनीत सिनेमामा ’शुभ लभ’ हेरेपछि उनले संवाददातासँग संक्षिप्त कुराकानी गर्दै आफूमा सिनेमा गर्ने रहर अझै रहेको बताए । उनले भने ’राजनीतिबाट ’रिटायर्डमेन्ट’ लिएपछि सिनेमा गर्ने मेरो प्रवल सम्भावना छ त्यो पूरा गर्छु । मलाई असाध्धै चित्त बुझेको भूमिकामा कुनै फिल्ममा अवश्य देखिन्छु ।’

बुद्ध इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । सिनेमामा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । ‘शुभलभ’मा हरिहर अधिकारी र कृष्टिन पौडेलको अलवा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सिनेमामा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कोरियोग्राफी रामजी लामिछाने, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । सिनेमालाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् ।