अशोकको ‘रातो टिका निधारमा’ साम्राज्ञी अनुबन्धित

अशोकको ‘रातो टिका निधारमा’ साम्राज्ञी अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समयकी चर्चित अभिनेत्री साम्राज्ञी आरएल शाह नयाँ सिनेमा ‘रातो टिका निधारमा’ अनुबन्धित भएकी छन् । साम्राज्ञी अहिले नवल नेपालको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘मारुनी’को छायांकनमा व्यस्त छिन् । यो सिनेमाका लागी निर्माता तथा निर्देशक अशोक शर्माले केही पहिले अभिनेत्री निता ढुगांनालाई साइन गराएका थिए । यो सिनेमा आगामी नयाँ वर्ष बैशाखको अन्तिम साताबाट छायांकन सुरु गरिने छ ।

‘रातो टिका निधारमा’को घोषण यो वर्षको हिट सिनेमा ‘जय भोले’को रिलिज ताका नै गरिएको थियो । साम्राज्ञीले ‘रातो टिका निधारमा’का लागी १६ लाख पारिश्रमिक बुझेकी छन् । सिनेमामा साम्राज्ञी र निताका अलवा बुद्धि तामाङ, रविन्द्र झा, लक्ष्मी गिरी, शिवहरी पौडेल, राजाराम पौडेल, जयनन्द लामा लगायतका कलाकारको भुमिका रहने छ । यो सिनेमामा एक दशक अघिको सुपरहिट सिनेमा ‘अल्लारे’को हिट गीत ‘रातो टिका निधारमा’को रि-एरेञ्ज गरेर राखिने छ ।