५० लाख ठगी आरोपमा निर्मात्री तथा कलाकार प्रज्ञा जोशी पक्राउ !

५० लाख ठगी आरोपमा निर्मात्री तथा कलाकार प्रज्ञा जोशी पक्राउ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – सिनेमा निर्मात्री प्रज्ञा जोशीलाई ५० लाख ठगी गरेको आरोपमा प्रहरीले फक्राउ गरेको छ । उनलाई आइतबार इटहरीबाट प्रहरीले पक्राउ गरेको हो । एक जग्गाको कारोबारमा उनले ५० लाखको चेक दिएकी थिइन् । चेक बाउन्स भएपछि उनीविरुद्ध प्रहरीमा ठगी गरेको आरोपमा मुद्धा परेको थियो । सोमवार उनलाई इटहरीबाट काठमाडौं ल्याइँदैछ ।

प्रज्ञा लामो समयदेखि इटहरीमा लुकिछिपी बस्दै आएकी थिइन् । सुवर्णकुमारी श्रेष्ठले आफूलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । केही वर्ष अगाडिसम्म प्रज्ञा नेपाली सिनेमा निर्माणमा निकै सक्रिय थिइन् ।

उनले केही सिनेमा निर्माणसँगै एक दर्जन बढी सिनेमामा अभिनय समेत गरेकी छन् । प्रज्ञाले ’न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’, ’नोटबुक’, ’सम्झना’, ’सपुत’ फिल्म निर्माण गरेकी छन् । ’कान्छी नानी’, ’तिमी मात्र तिमी’ लगायतका सिनेमामा अभिनय पनि गरेकी छन् । पछिल्लो समय प्रज्ञा मिडिया र सिनेमा क्षेत्रबाट टाढा थिइन् ।