‘मुन्द्रेको कमेडी क्लब’मा सलिन, सलोन र मलिकाले गरे ‘यात्रा’को प्रचार

‘मुन्द्रेको कमेडी क्लब’मा सलिन, सलोन र मलिकाले गरे ‘यात्रा’को प्रचार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सलिनमान बनियाँ स्टारर सिनेमा ‘यात्रा : अ म्युजिकल भ्लग’को टिम अहिले प्रचार प्रसारमा जोड तोडका साथ लागी रहेको छ । यस्तैमा यात्राका मुख्य कलाकार नेपाल टेलिभिजनको लोकप्रिय कार्यक्रम मुन्द्रेको कमेडी क्लवमा पुगेका छन् । यो शोमा सिनेमाका मुख्य कलाकारहरु सलिनमान बनियाँ, सलोन बस्नेत र डेव्यु गर्ल मलिका महत पुगेका थिए । उक्त कार्यक्रममा सलिनमानले आफ्नो फिटनेस र फेसनको बारेमा बताए । भने डेव्यु गर्ल मलिका महतले सिनेमामा ब्लाइन्ड भुमिका निवार्ह गर्न गरेको दुख सम्झिइन् ।

यस्तै अर्का कलाकार सलोन बस्नेतले सिनेमामा दर्शकले आफुलाई नयाँ अवतारमा देख्न पाउने बताए । मुन्द्रेको कमेडी क्लवको यो एपिशोड आगामी चैत्र २५ गते प्रसारण हुनेछ । जितु नेपाल होस्ट रहेको कार्यक्रममा निर्देशक दीपाश्री निरौला अध्यक्ष छिन् । नेपाल टेलिभिजनसँगै युट्युबमा समेत आउने यो कार्यक्रम दर्शकमाँझ लोकप्रिय छ । सलिन अभिनित दोस्रो फिल्म हो यात्रा, जसमा उनि भ्लगरको भूमिकामा छन् ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता केशव भट्टराई र चिज कुमार श्रेष्ठ हुन् । सिनेमामा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह निर्माताको रुपमा रहेका छन् । भने सिनेमाका निर्माता सुशील पोखरेल र कार्यकारी निर्माता सर्जुमान लिगल हुन् ।

यात्रामा सलिनमान बनियाँ, डेब्यु गर्ल मलिका महत, सलोन बस्नेतका अलवा प्रेक्षा बज्राचार्य, रेयर राई, जान्वी बस्नेत, विशाल कटुवाल, जय नन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

यसका साथै विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । सिनेमा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । सिनेमामा सञ्जय लामाको छायांकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको, प्रतिक पौडेल र कोविद बज्रको संगीत, बनिश शाहको सम्पादन रहेको छ ।