बारा र पर्साका हुरी बतास पिडितलाई प्रदीप र गोविन्दको सहयोग

बारा र पर्साका हुरी बतास पिडितलाई प्रदीप र गोविन्दको सहयोग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार चैत्र २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘लभ’स्टेशन’ निर्माण टिमले आईतबार राती हुरी बतासका कारण बारा र पर्सा जिल्लामा भएको घटना एवम् क्षेती प्रति दुःख व्यक्त गरेका छन् । पछिल्लो विवरण अनुसार उक्त प्रकोपबाट बारामा २७ र पर्सामा ६ सहित ३३ जनाको निधन, ४ सय भन्दा बढी घाईते, हजारौं घरबार बिहिन र करोडौंको क्षती भएको छ । हुरी बतासबाट भएको क्षती पछि उद्धार, उपचार, राहत र सहयोगमा आफुहरुको साथ रहने बताउँदै अभिनेता खड्काले यो अप्ठेरो परिस्थीतीमा सहयोगको लागि सबैमा अपिल गरेका छन् ।

उक्त घटनापछि राहतको लागि अपिल गर्दै सोमबार काठमाडौंमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा लभ स्टेशन टिम र अभिनेता खड्काले सहयोगको घोषणा गरेको छन् । आफु र सिनेमा लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीको तर्फबाट बारा जिल्लाका हावा हुरी पीडितहरुका लागि ५० हजार रुपैयाँ प्रदान गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाराका जिल्ला प्रशासन प्रमुख राजेश पौडेल संयोजकत्वमा रहेको जिल्ला बिपद ब्यबस्थापन कोष बारा मार्फत सो रकम पीडितहरुलाई सहयोग गरिने अभिनेता खड्काले बताए । जिल्ला प्रशासन प्रमुख पौडेलसँग सम्पर्क गरी पीडिताहरुलाई राहत तथा अन्य सहयोगका लागि अभिनेता प्रदीपले अपिल गरेका छन् ।

हावा हुरीबाट दिवँगत भएकाहरु प्रति श्रद्धासुमन र घाईतेप्रति स्वास्थ्यलाभको कामना गर्दै अभिनेता प्रदीप र निर्माता गोविन्द शाहीले उनीहरुलाई सहयोगका लागि आफुहरुले निरन्तर पहल गर्ने पनि बताएका छन् । उज्ज्वल घिमिरेको निर्देशनमा तयार भएको चलचित्र लभ स्टेशनमा अभिनेता प्रदीप खड्काका अलवा जसिता गुरुङ, रमेश बुढाथोकी, रश्मी पाण्डे, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतका कलाकारको अभिनय रहेकोछ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविर बीक्रम शाहीले निर्माण गरेका हुन् ।