डेनिमको ‘चलखेल’मा प्रिंयका अनुबन्धित

डेनिमको ‘चलखेल’मा प्रिंयका अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमान्डु इन्टरटेनमेन्ट प्रा.लीको ब्यानरमा निर्माण हुने सिनेमा ‘चलखेल’को मुख्य भुमिकामा अभिनेत्री प्रिंयकालाई फाइनल गरिएको छ । आइतबार निर्माण कम्पनी सिनेमाण्डु इन्टरटेन्मेन्टका लेखबहादुर पुन र अभिनेत्री कार्कीबीच कागजी सम्झौता भएको छ । प्रिंयका पछिल्लो समय सिनेमाभन्दा पनि म्युजिक भिडियोमा निकै व्यस्त छिन् ।

योसँगै प्रिंयकाले आयांक फाउन्डेसन मार्फत समाजसेवामा पनि आफ्नो हात अघि बढाएकी छिन् । यस्तैमा लामो समय पश्चात कमेडी सिनेमा ‘चलखेल’ साइन गरेकी हुन् । एभरेष्ट सुर्य बोहराको निर्देशनमा तयार हुनेमाको बजेट २ करोड आसपास रहेको निर्माता लेख बहादुर पुन डेनिमले बताए । मनाङ, जिरी र काडमाडौंमा छायांकन गरिने सिनेमामा प्रिंयकाको जोडी कोसँग बाँधिने भनेर टुङ्गो लागी सकेको छैन् ।

यतीवेला निर्देशक एभरेष्ट सुर्य बोहरा ‘हेल्लो जिन्दगी’को पोष्ट प्रोडक्सनको तयारीमा जुटेका छन् । यो सिनेमाको सम्पुर्ण छायांकन बेलायत र स्विजरल्याण्डमा छायांकन गरिने छ । यो सिनेमाको छायांकन सकिए पश्चात चलखेलको काम सुरु हुने निर्देशक बोहराले बताए । ‘हेल्लो जिन्दगी’को केहीदिनमा काठमाडौंमा एक कार्यक्रमका बिच घोषणा गर्ने तयारी भैरहेको छ ।