युट्युब ट्रेन्डिङ्गको शिर्ष स्थानमा अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’

युट्युब ट्रेन्डिङ्गको शिर्ष स्थानमा अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – केही पहिले काठमाडौंमा आयोजीत एक भव्य कार्यक्रमका बिच सार्वजनिक गरिएको बहुप्रतिक्षीत सिनेमा ‘ए मेरो हजुर ३’को ट्रेलर युट्युब ट्रेन्डिङ्गको शिर्ष स्थानमा पुगेको छ । सिनेमाको ट्रेलर सार्वजनिक भएको चार दिनपछि मात्रै ट्रेन्डिङ्गको शिर्ष स्थानमा उक्लीएको हो । सिनेमाको सार्वजनिक गीतसंगीत र ट्रेलरले दर्शकमाझ निकै राम्रो हाइप बनाएको छ । सिनेमाका मुख्य कलाकार सुपरस्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापाको केमेष्ट्रीलाई दर्शकले निकै रुचाएका छन् ।

झरना थापाको निर्देशनमा तयार भएको सिनेमा ए मेरो हजुर ३को ट्रेलरलाई अहिलेसम्म युट्युबमा १४ लाख ८१ हजार बढि भ्युज, ६४ हजार बढि लाइक्स र ९ हजार ५ सय बढि कमेन्ट मिलेको छ । दर्शकले अनमोलको डबल रोल निकै मन परेको प्रतिक्रिया युट्युबको कमेन्ट बक्समा देख्न सकिन्छ । स्टार र फ्यानविचको साँगीतीक प्रेमकथामा निर्माण भएको सिनेमालाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । यो सिनेमालाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।

यही सिनेमाबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली सिनेमा क्षेत्रमा डेव्यु गराउँदै छन् । ‘ए मेरो हजुर ३’ आगामी नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ । सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।