anmol jasita

‘हेल्लो जिन्दगी’मा दीपिका प्रसाई फाइनल

‘हेल्लो जिन्दगी’मा दीपिका प्रसाई फाइनल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘छक्का पञ्जा ३’ रिलिजको लामो समय पश्चात अभिनेत्री दीपिका प्रसाई नयाँ सिनेमा ‘हेल्लो जिन्दगी’मा अनुबन्धित भएकी छन् । अर्को हप्ताबाट छायांकन सुरु हुने सिनेमाका निर्देशक एभरेष्ट सुर्य बोहरा केहीदिनमा बेलायत उड्ने तयारीमा रहेका छन् । निर्देशक बोहरा उडेको केहीदिनमा कलाकार सहितको जम्बो टोली ‘हेल्लो जिन्दगी’ छायांकनको लागी बेलायत प्रस्थान गर्नेछ ।अभिनेत्री दीपिका प्रसाईले ‘हेल्लो जिन्दगी’ साइन गरिसेकाको बताइन् । आफ्नो बिवाह र भिसा लाग्ने नलाग्ने पक्का नभएका कारण सिनेमाका बारेमा नबोलेको उनको भनाई छ ।

दीपिका भन्दा पहिले सिनेमामा श्वेता खड्का फाइनल भैसकेकी छन् । श्वेता , दीपिकाका अलवा सिनेमा सलोन बस्नेत, विल्सन विक्रम राई, विक्रान्त बस्नेत लगायतका कलाकारको अभिनय रहनेछ । विरान्जना इन्टरटेन्मेन्टको ब्यानरमा निर्देशक बोहोराको लेखन तथा निर्देशनमा निर्माण हुने सिनेमालाई सृजना जोशीले निर्माण गर्नेछिन् । सिनेमालाई अहिलेका सर्वाधिक व्यस्त र महँगा छायाँकार पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । सिनेमाका गीतमा बसन्त सापकोटाको संगीत र निशान भट्टराइले स्वर दिएका छन् ।

तस्वीर : गुगलबाट