anmol jasita

‘ए मेरो हजुर ३’ले मलाई नेम र फेम दुवै दिन्छ : सुहाना थापा

‘ए मेरो हजुर ३’ले मलाई नेम र फेम दुवै दिन्छ : सुहाना थापा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘ए मेरो हजुर ३’बाट डेव्युको तयारीमा रहेकी सुहाना थापाको चर्चा अहिले निकै भैरहेको छ । उनले यो सिनेमाबाट सफलताको शिखर चुम्ने चर्चा अहिले नेपाली सिनेमा क्षेत्रमा चलिरहेको छ । सिनेमाको सार्वजनिक गीतसंगीत र ट्रेलरबाट सुहानालाई प्रसशाको ओइरो लागेको छ । उनलाई नेपाली सिनेमाले सम्भावना बोकेकी अभिनेत्रीको रुपमा हेरेको छ । सुहाना अभिनेत्री तथा निर्माता सुनिल कुमार थापाकी छोरी यसैले पनि उनलाई आमाले बनाएको क्रेज जोगाउन पर्ने चुनौती छ ।

केही दिन पहिले काठमाडौंमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा सुहानाले मिडियासँग कुरा गर्दै आफु अहिले केहीपनि नभएको बताइन् । सुहानाका अनुसार अहिले आफु मात्र अभिनेत्री तथा निर्देशक झरना थापा र सुनिल कुमार थापाकी छोरी र सुपरस्टार अनमोल केसीको हिरोइन रहेको चर्चा भएपनि सिनेमा रिलिज प्रश्चात भने आफ्नो छुट्टै पहिचान स्थापित हुने विश्वास उनमा छ । मैले सिनेमाका लागी निकै मेहनत गरेकी छु । यसैले पनि मेरो मेहनत खेर जाने छैन् । मैले ‘ए मेरो हजुर ३’बाट दर्शकलाई निराश बनाउने छैन् । गीतसंगीत र ट्रेलरको भन्दा बढि प्रसंशा सिनेमाबाट पाउने आशा सुहानालाई छ ।

‘ए मेरो हजुर ३’ आगामी नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ । सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।