‘सानो मन’को गीत ‘रानु कम्मर’मा आयुष्मान र शिल्पाको नृत्य

‘सानो मन’को गीत ‘रानु कम्मर’मा आयुष्मान र शिल्पाको नृत्य

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा ‘सानो मन’मा समावेश एक गीतको भिडियोको छायांकन केहीदिन पहिले गरिएको छ । यो भिडियोलाई बलीउडका कोरियोग्राफर साजन सिंहले निर्देशन गरेका छन् । सुयोग सोताङ्ग, रोमन बज्राचार्य र सिमा राईको स्वरमा रहेको ’रानु कम्मर’ बोलको पार्टी गीतमा सिनेमाका मूख्य कलाकारद्वय आयुष्मान देशराज जोशी र शिल्पा मास्केले नृत्य गरेका छन् ।

साजन बलीउड सुपरस्टार सलमान खानका ’पर्सनल डान्स ट्रेनर’ समेत हुन् । बलीउडका प्रख्यात कोरियोग्राफर रेमो डिसुजासँग आठ बर्षसम्म काम गरेका साजनले अहिले भने आफैले कोरियोग्राफी गर्दै आएका छन् । साजनले बलीउडका चर्चित सिनेमाहरु ’एबिसिडी’ र ’एबिसिडी २’मा अभिनय तथा सहायक नृत्य निर्देशन भएर काम गरेका थिए । उनले डान्स इण्डिया डान्सको दुई सिजनमा सहभागिता जनाएका थिए । साजनका सहयोगी आशिष बशिष्ठ पनि छायांकनको बेला नेपाल आएका थिए । आशिष ’डान्स इण्डिया डान्स सिजन ५’मा उत्कृष्ट चारसम्म पुग्न सफल भएका थिए ।

’’रानु कम्मर’को भिडियो आर्थीक हिसाबले जति महंगो हुन पुगेको छ त्यो भन्दा बढि क्वालिटीमा समेत देख्न पाईने सिनेमाका निर्देशक सुयोग गुरुङ्गले भनाई छ । यो गीतको छायांकन राजधानीको एक रिसोर्टमा गरिएको हो । म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने सिनेमा ’सानो मन’को छायांकन अन्तिम चरणमा रहेको छ ।

काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने सिनेमाका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । सिनेमालाई ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरको निर्माण हुनेछ । सिनेमामा आयुष्मान र शिल्पाका अलवा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

समिर सुनवार र निर्देशक गुरुङको लेखनमा सिनेमा बनिरहेको छ । आलोक शुक्लाले छायांकन गरिरहेका छन् । सिनेमामा मनिष राईको कस्ट्युम रहेको छ भने प्रोडक्सन डिजाईनर यम प्रसाद ओली हुन् । रित बोहरा सिनेमाका मूख्य सहायक निर्देशक हुन् ।