धुमुर्स-सुन्तलीले निर्माण गर्ने क्रिकेट रंगशालालाई ‘लभ स्टेशन’ निर्माण टिमको सहयोग

धुमुर्स-सुन्तलीले निर्माण गर्ने क्रिकेट रंगशालालाई ‘लभ स्टेशन’ निर्माण टिमको सहयोग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भोली शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘लभ स्टेशन’ निर्माण टिमले धुमुर्स सुन्तली फाउडेसनलाई आर्थिक सहयोग हस्तान्तर गरेको छ । चितवनमा निर्माण हुने गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निमार्णको लागी ५० हजार नगद र ‘लभ स्टेशन’ले गरेको विजनेसबाट नाफाको ५ प्रतिसत रकम सहयोग गर्ने घोषणा अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले गरे ।

प्रदीप खड्का र जसिता गुरुङ स्टारर सिनेमालाई देशभरका मल्टिपेलेक्स हलहरुले उच्च शो प्रदान गरेका छन् । यो सिनेमाले नेपाली बक्सअफिसमा कस्तो व्यापार गर्ला भन्ने चर्चा अहिले चलचित्र क्षेत्रमा भैरहेको छ । योसँगै निर्माण टिम र अभिनेता खड्का पछिल्लो समय समाज सेवामा पनि उत्तिकै सक्रिय छन् । यो टिमले केही समय पहिले दुवै हात गुमाएकी नेहा घिमिरे, गोकर्णको अनाथ आश्रमका बालबालिका र बारा पर्साका हुरी बतास पिडितलाई आर्थिक सहयोग प्रदान गरेको थियो ।

गोविन्द शाहीको प्रस्तुतीमा निर्माण भएको सिनेमाले दर्शकमाझ राम्रो हाइप निर्माण गरेको छ । यसैले पनि सिनेमाले बम्पर व्यापार गर्ने अपेक्षा निर्माण टिमलाई छ । सिनेमालाई भेट्रान निर्देशक उज्वल घिमिरेले निर्देशन गरेका हुन् । लभ स्टेशनमा अभिनेता प्रदीप खड्काका अलवा जसिता गुरुङ, रमेश बुढाथोकी, रश्मी पाण्डे, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतका कलाकारको अभिनय रहेकोछ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविर बीक्रम शाहीले निर्माण गरेका हुन् ।