anmol jasita

‘ए मेरो हजुर ३’ पुर्ण रुपमा कमर्सियल सिनेमा हो : झरना थापा

‘ए मेरो हजुर ३’ पुर्ण रुपमा कमर्सियल सिनेमा हो : झरना थापा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगमी शुक्रबार बाट नयाँ वर्षको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षि सिनेमा हो ए मेरो हजुर ३ । यो सिनेमालाई वर्षकै प्रतिक्षि सिनेमाको रुपमा हेरिएको छ । अहिले सिनेमाको सार्वजनिक गीतसंगीत र सार्वजनिक ट्रेलरले दर्शकमाझ निकै राम्रो हाइप बनाएको छ । सुपरस्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापाको सिनेमाले बम्पर ओपनिङ गर्ने अपेक्षा हल सञ्चालक र सिनेमाकर्मीको छ ।

‘ए मेरो हजुर ३’ बाट जती चर्चा अभिनेता अनमोल केसी र डेव्यु गर्ल सुहाना थापाको भैरहेको छ । त्यती नै चर्चा ‘ए मेरो हजुर २’ फेम्ड निर्देशक झरना थापाको पनि भैरहेको छ । डेव्यु निर्देशकिय सिनेमा नै सुपरहिट भएपश्चात दर्शकले झरना थापाले निर्देशन गरेको दोस्रो सिनेमा ‘ए मेरो हजुर ३’ बाट पनि निकै अपेक्षा गरेकाछन् । अभिनेत्री तथा निर्देशक झरना थापाका अनुसार ‘ए मेरो हजुर ३’ दर्शकको अपेक्षाभन्दा राम्रो बनेको सुनाउँछिन् । उनले भनिन्, ‘ए मेरो हजुर ३’ पुर्ण रुपमा कमर्सियल सिनेमा हो । सिनेमाले हलमा दर्शकलाई दुई घण्टा पुर्ण मनोरञ्जन दिन्छ ।’ तर मेरो सिनेमाले कुनैपनि सन्देश दिनेछैन्।

स्टार र फ्यानविचको साँगीतीक प्रेमकथामा निर्माण भएको सिनेमालाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । यो सिनेमालाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यही सिनेमाबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली सिनेमा क्षेत्रमा डेव्यु गराउँदै छन् । ‘ए मेरो हजुर ३’ आगामी नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।