द सिनेमा टाइम्स, काडमाडौं – फागुन १७ गतेबाट प्रदर्शनमा आएको हिट सिनेमा ‘क्याप्टेन’ बेलायतमा प्रदर्शन गरिएको छ । सिनेमाका मुख्य कलाकार सुपरस्टार अनमोल केसी र निर्माता तथा अभिनेता भुवन केसी ‘क्याप्टेन’ प्रदर्शनको लागी बेलायत पुगेका थिए । बेलायतमा क्याप्टेनले सकारात्मक प्रतिक्रिया पाएको छ ।

बेलायतको अल्डरसर्ट स्थित प्रिन्सेस हलमा गरिएको प्रिमियरमा नेपालका राजदुत डा. दुर्गा बहादुर सुवेदी, गायिका मिरा राणा, गायक योगेश्वर अमात्य, सितु खरेल, नायक ध्रुव दत्त, नायिका दिया पुन, यादव श्रेष्ठ लगायत करिब तीन सय दर्शक सहभागीता रहेको जानकारी छ । फुटबल खेलमा आधारित पारिवारिक सिनेमालाई उपस्थित दर्शकले सकारात्मक प्रतिक्रिया समेत दिए । अनमोल अभिनित पछिल्लो सिनेमा ए मेरो हजुर ३ यही चैत २९ गतेदेखि प्रदर्शन हुँदैछ ।

सिनेमामा अनमोल केसीका अलवा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एमभी लगायत कलाकारहरुको अभिनय रहेको छ । उपासना सिंह ठकुरी, प्रियंका एमभीको यो डेब्यु फिल्म हो । भुवन केसीले निर्माण गरेको सिनेमालाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । कविराज गहतराजको कोरियोग्राफी, नवराज उपे्रतीेको छायाँकन, दिर्घ खड्काको सम्पादन रहेको छ ।




प्रतिक्रिया